११ बसको इजाजत निलम्बन


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

– प्रशान्त माली

श्रावण ६, २०७४- यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी यात्रु नबोक्न दिएको निर्देशन नमानेको भन्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–सिन्धुली खण्डमा चल्ने ११ वटा बसको बाटो इजाजतपत्र निलम्बन गरेको छ । ना५ख ९५२७, बा४ख ४३१२, ना७ख ८९२, ना६ख ८४६ लगायत बसको इजाजतपत्र निलम्बन गरिएको हो । यातायात व्यवस्था नियमावली अनुसार उक्त सडकमा १८ सिटभन्दा बढी र १० टनभन्दा बढीको सवारी चलाउन पाइँदैन । १८ सिटभन्दा बढी भएको गाडी मोडमा घुम्न नसक्ने र १० टनभन्दा बढीको गाडी सडकमा धस्सिने विभागको भनाइ छ ।

क्षमताभन्दा बढी यात्रु नचढाउन निर्देशन
विभागले दक्षिणी ललितपुरका दुर्गम पहाडी गाउँमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न ललितपुर मिनीबस व्यवसायीलाई निर्देशन दिएको छ । चापागाउँ हुँदै दक्षिण दुर्गम पहाडी गाउँका साथै काभ्रे, मकवानपुर पुग्ने यात्रुको चाप बढेपछि कोचाकोच गरेर चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै विभागले सचेत गराएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले निर्देशन कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिए । ‘हामी अनुगमन पनि गर्छौं,’ उनले भने । यात्रुको चाप बढे पनि चापागाउँदेखि ठूलादुर्लुङ, बुखेल, चौघरे र कटुवन जाने बाटोमा ललितपुर मिनिबस व्यवसायी संघले बस थपेको छैन । उक्त भेगका बासिन्दा दूध, तरकारी बोक्ने गाडी र मिनिट्रकमा झुन्डिएर यात्रा गर्न बाध्य छन् । त्यस्तै भट्टेडाँडाबाट माल्टा र प्युटार–कटुवन जाने बाटोमा पनि बस थपिएको छैन । ठूलादुर्लुङमा दैनिक एउटा मात्र बस चल्छ । बसमा खुट्टा टेक्ने ठाउँ नभएपछि उक्त क्षेत्रका स्थानीयवासी ट्रकमा जान बाध्य हुने गरेका छन् ।
ठूलादुर्लुङ टिकट काउन्टरका सञ्चालक जगनाथ तिमल्सिनाले एउटा बसमा जम्मा ३४ सिट हुने बताए । ‘साँघुरो बाटोमा क्षमताभन्दा तेब्बर यात्रु बोक्नुपर्दा दुर्घटना हुने सम्भावना पनि उत्तिकै हुन्छ,’ उनले भने, ‘त्यसैले सम्बन्धित निकायले समयमै ख्याल राख्नुपर्ने हो ।’
ललितपुर मिनीबस व्यवसायी संघका अध्यक्ष नीररत्न नेवा:ले ललितपुर दक्षिण भेगमा चल्ने गाडीले क्षमताभन्दा बढी यात्रु नबोकेको दाबी गरे । ‘बर्खाले गर्दा बाटो चिप्लो भएर बस गन्तव्यसम्म पनि पुग्न सकेको छैन,’ उनले भने, ‘गिम्दी पुग्ने बस भट्टेडाँडा छैमलेसम्म मात्र जान्छ ।’

गुडिरहेको गाडीबाट खसेर मृत्यु
भक्तपुर (कास)– चाँगुनारायण नगरपालिका–५ ढुङ्गेपाटीमा गुडिरहेको मिनिटाटाबाट खसेर बिहीबार एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको बा१क ८५५१ नम्बरको गाडीबाट खसेर सख्त घाइते भएका दाङका १८ वर्षीय हिमाल घर्तीमगरको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का घाइते सल्यान लक्ष्मीपुर–७, जिरघाटका १९ वर्षीय शशी श्रीष मगरको भक्तपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए । चालक चाँगुनारायण नगरपालिका–७ लाकिलाका ३९ वर्षीय लक्ष्मीजंग सुलु प्रहरी नियन्त्रणमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com