स्कुटरबाटै व्यापार


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

– विप्लव भट्टराई

श्रावण ६, २०७४- मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सदरमुकामका छविलाल भेटवाललाई ६ जनाको परिवार कसरी धान्ने भन्ने चिन्ताले लामो समय सतायो । २०६८ मा झापाको लक्ष्मीपुरमा दुर्घटना परेका उनी टाउको र हातखुट्टामा चोट लागेपछि दुई वर्ष थलिए ।

धरानबाट आउँदै गर्दा दुर्घटनामा परेपछि मध्यम वर्गीय भेटवाल परिवारलाई आर्थिक संकटले गाँज्दै गयो । लामो समयसम्म ओछ्यानमा बिताएपछि उनको स्वास्थ्यमा सुधार त भयो तर खुट्टाले पहिला जस्तो काम दिएन ।

परिवारको आर्थिक गर्जो टार्ने उपायमा नलागी उनीसँग कुनै विकल्प पनि थिएन । घरभित्र बाहिर गरे पनि एक सय मिटरसम्म पनि उनलाई हिँडडुल गर्न कठिनाइ हुन्छ । यस्तै अवस्थामा उनले जुक्ति निकाले घुम्ती व्यापार ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार पाङ्ग्रे स्कुटर (मुपेड) चलाएर घरघर चहार्दै सामान बिक्री गर्ने उनको उपाय यति बेला परिवार धान्ने गतिलो आधार बनेको छ । ‘झापाबाट गाडीमा ल्याएको सामग्री श्रीमतीसहित परिवारका सदस्यले प्याकिङमा सघाउँछन्,’ उनले भने, ‘त्यही सामग्री सदरमुकामलगायतका क्षेत्रमा पसल–पसल पुर्‍याएर बिक्री गर्ने गरेको छु ।’

भेटवालले सदरमुकामबाट स्कुटरमा सामग्री राखेर रक्से, नेपालटार, मंगलबारे, पशुपतिनगरसम्म पनि पुर्‍याउँछन् । ५० किमिसम्म सामग्री लिएर पुग्ने गरेको उनले बताए । स्कुटरमा नै राखेर सुपारी, ल्वाङ, मरिच, सुकुमेल, जिरा, अजिना, चना, मटर, बदामलगायतका मसलाजन्य र खुद्रा सामग्री बिक्री गर्ने गरेका छन् ।

यही व्यापारमा उनको दैनिक कारोबार दस हजारभन्दा बढी हुने गरेको छ । ‘काम गर्ने जोस र जाँगर भएपछि केही न केही विकल्प भेटिँदोरहेछ,’ उनले भने, ‘छोराछोरी पढाउनेदेखि घरपरिवारको सबै खर्च यही व्यवसायबाट टरेको छ ।’ देब्रे खुट्टाले अझै राम्ररी काम दिएको छैन । अन्यत्र लागेको चोट भने ठीक भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com