औँसीमा जन्मेका महिलाले पति खान्छन् ?


प्रकाशित मिति : श्रावण ५, २०७४ बिहीबार

-खेमा बस्नेत/महिलाखबर

काठमाडौं । त्यो साँझ लक्ष्मीपुजाको दिन भएकाले पुरै टोल झिलिमिली थियो । सबैले आ–आफ्नो घरमा लक्ष्मी भित्र्याउने तयारी गर्दै थिए । कैलालीकी तिलमाया पोखरेल घरमा लक्ष्मी भित्र्याउने तयारी गर्दै थिइन् । उनले घर झिलिमिली पारिन् । यसैवेला उनकोे पेट कटक्क खायो । उनी कोठामा गइन् । उनलाई सुत्केरी व्यथाले च्याप्यो ।

तिलमायाले लक्ष्मी पुजाकै दिन छोरी जन्माइन् । पहिलो सन्तानको रुपमा छोरीको जन्म भएपछि लक्ष्मी भित्रिएको भन्दै परिवारले खुशी मनाए । लक्ष्मी पुजाको दिन जन्मेकी हुनाले उनको नाम लक्षु राखियो । समयसंगै लक्षु लक्ष्मी बनिन् । उनी हुर्कदै गइन् । उनको यौवन र व्यवहारको गाउँभर चर्चा हुनथाल्यो । बुहारी बनाउन पाए हुन्थ्यो ! कती लक्षिनकी छिन्, भन्दै घरसम्म माग्न आउने धेरै थिए ।

‘म जेठी छोरी । लक्षिन, सुशील छे भनेर एसएलसी पास गर्न साथ विवाह गर्न माग्न धेरै आए । बुबाआमाले पनि राम्रो केटा आए, दिनुपर्छ भन्थे । तर के कुरामा हो कुन्नी कुरै नमिलेको भन्दै मेरो विवाह भएन’ लक्षुले भनिन् । बुबाले पनि उनी जन्मेदेखि घरको आर्थिक अवस्था धेरै राम्रो भएको भन्दै लक्ष्छीनकी छोरी भन्दै धेरै माया गर्थे । ‘सबैले लक्ष्छीन की छस् भन्थे । तर, मलाई माग्न आउने केटाका परिवारले विवाह गर्न मान्दैनथे । राम्री पनि छु, सवै कुरामा फिट छु तर किन विवाह गर्न नमानेको होलान ? म यस्तै सोच्थे । रहस्य थाहा थिएन’ लक्षुले भनिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्नातक पढ्नेवेलामा मात्र थाहा पाइन् कि उनको विवाह नहुनुको कारण उनी औसीको दिन जन्मनु रहेछ । दर्जनबढी केटाहरुले हेरे, तर स्नातकोत्तर पढीसक्दा पनि उनको विवाह हुन सकेन । लक्षु अहिले २७ वर्षकी भइन् । उनी संगैका प्रायः सबै सहपाठीको विवाह भैसकेको छ । बहिनीको पनि विवाह भइसकेको छ ।

‘म मा के खराबी छ र, मास्टर पढेकी छु । आफ्नो खुट्टामा उभिन सक्छु । न मेरो शरीरमा न त मेरो मानसिकतामा आफुलाई खराब देख्छु । म पुर्णरुपमा सक्षम छु । तर समाजले मलाई अलक्षिनको विल्ला भिराएको छ ।’ लक्षुले भनिन्– ‘म संग विवाह गर्ने मान्छे मर्छ रे ! यस्ता कुराले मलाई कहिलेकाही एकदमै निराश बनाउँछ ।’उनी थप्छिन्– ‘सबैले विवाह कहिले गर्ने भनेर सोध्छन् । म अहिले समय भएको छैन भन्दै टार्छु । मलाई अब विवाह गर्ने मन पनि छैन । कु–संस्कारले मेरो पुरा जीवन निर्धारण गरिदियो ।’

काठमाडौंमा बस्दै आएकी स्याङजाकी शारादा कार्की पनि औसीको दिनमै जन्मेकी हुन् । यद्यपी उनको विवाह भैसकेको छ । विवाह हुँदा उनी १८ वर्षकी थिइन् । औसीमा जन्मेको केटीसंग विवाह भयो भने श्रीमान् मर्छ भन्ने कु संस्कार उनको समाज पनि थियो ।

सुरुमा केटाका परिवारले औसीमा जन्मेएकी केटी भन्दै विवाह गर्ने मानेका थिएनन् । तर, केटाले विवाह गर्न जिद्धी गरेपछि उनीहरुको १३ वर्ष अघि गाउँमै मागी विवाह भएको थियो । ‘मलाई विवाह गर्ने मनै थिएन । विवाहपछि केही भयो भने दोष मै माथी आउँछ भन्ने डर थियो । उहाँ (श्रीमान) कै जिद्दीले हाम्रो विवाह भइछाड्योे’ शारादाले भनिन् ।

शारदाका श्रीमान इन्डियन आर्मी थिए । विवाह भएको दुई महिनामा श्रीमान पल्टन फर्किए । ‘त्यतिबेला जम्मु कस्मीरमा लडाइ भैरहन्थ्यो । संयोगबस अप्रिय समाचार बोकेर घरमा चिठ्ठी आयो । उहाँको पल्टनमा सुतीरहेको अवस्थामा गोली लागेर मृत्यु भएछ ।’ शारदाले भनिन् ।

श्रीमानको मुत्यृपछि शारदालाई घरसमाजले सुनीनसक्नु कुरा सुनायो । सबैले औसीमा जन्मेको भएकाले श्रीमानलाई खाएको आरोप लगाउन थाले । ‘श्रीमान गुमाउनु पर्दाको पीडा त छदै थियो त्यसमाथि श्रीमान खाइ भन्ने आरोपले सहीनसक्नुको चोट लाग्यो । समाजमा बस्नै समस्या भयो’ शारदाले भनिन् ।

शारदाको पेटमा २ महिनाको वच्चा थियो । यो अवस्थामा बाँच्नु न मरिसक्नु नै भयो उनलाई । घरपरिवार र समाजको आरोप सहन नसकेर उनी माइती गएर बसिन् । शारदा मानसिक रुपमा विछिप्त भएकी थिइन् । धेरै उपचार गराए तर रोग पत्ता लागेन । माइतीमै छोरी जन्मियो ।

छोरीलाई कसैले कुरा सुनाएर उसको भविष्य विग्रेला भनेर उनी छोरीलाई लिएर काठमाण्डौ छिरिन् । ‘म समाजबाटै असुरक्षित थिए । छोरीको भविष्यको लागि भएपनि ठाउँ परिवर्तन गर्ने सोचे बनाएर काठमाडौँ आए’ शारादाले भनिन् ।

काठमाडौंका पण्डित रामप्रसाद रेग्मीले ज्योतीष शास्त्रमा औँसीमा जन्मेका छोरा वा छोरीले विवाह गरेमा श्रीमान वा श्रीमतीलाई दुख दिन्छ, भन्ने उल्लेख भएपनि औसीमा जन्मेकामा दोष हुन्छ भन्ने कुरामा आफू विस्वस्त नभएको बताउँछन् ।

‘लक्ष्मी माता जस्लाई हामी पुजा गछौं, उहाँको जन्म पनि औँसीमै भएको थियो । उहाँ बह्माण्डलकै शक्तीशाली हुनुहुन्छ । औसीकै दिन जन्मेका लक्ष्मीप्रसाद देवकोटाको पनि राम्रै थियो, धेरै राजा महाराजा रानीको पनि रामै भएकोले शास्त्रमा जे जति लेखिपनि औसीमा जन्मेका व्यक्ति उत्तम, गुणवान हुने गरेको देखिन्छ’ – पण्डित रेग्मीले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com