भारतीय चरेस व्यापारीसहित ७ जना पक्राउ


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

श्रावण ४, २०७४- अवैध लागूऔषध चरेससहित सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाले बुधबार चारजना भारतीयसहित ७ जनालाई पक्राउ गरेको छ । भारतीय चरेस व्यापारीसहित भरिया पक्राउ गरेको यो पहिलो पटक हो । मुख्य चरेस व्यापारी भारत मजफपुरका ३८ वर्षीय रन्जित सिंह, निर्भय सिंह, मुकेश सर्राव, कलावती साह, रौतहटी राजपुरकी ताल्मा खातुन र मकवानपुर थाहा नपा ७ का भरिया १८ वर्षीय विक्रम स्याङतान र हिरा स्याङतान ३० केजी चरेससहित पक्राउ गरेका हुन् ।

धादिङमा उत्पादन गरेको चरेस स्याङतानद्वयले प्लास्टिकको ३० वटा पाकेटमा प्याक गरेर झोलामा लुकाएर ल्याएका थिए । भरियाद्वय निलम लजमा वसेका थिए भने चरेस व्यापारी सिंहसहित पाँचजना हेटौडाको रोशन होटलबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल वेसक्याम्पका प्रहरी नायव उपरीक्षक त्रिभुवन विष्टले बताए । उनीहरुको साथबाट प्रहरीले चरेससहित एक भारतीय गाडी, ६ थान मोबाइल र ३३ हजार भारतीय नोट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल वेसक्याम्पले बरामद गरेको सामानसहित अनुसन्धान गरेर कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौडालाई बुधबार बुझाएको छ । चरेस लैजानका लागि लागूऔषध व्यापारी रन्जितसिंहसहितको टोलीले भारतीय गाडी नै लिएर आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com