असार ३०, २०७४- ‘प्लास्टिकको चामल’ समाचार पढेर आश्चर्यचकित भइयो । अब विज्ञानले प्लास्टिकका चामल बनाउँछ, खायो जस्ताको तस्तै निस्कन्छ, धोइपखाली गर्यो, फेरि खायो । खेतीपाती केही गर्नु पर्दैन भन्ने जोक त सुनेको हो । तर चामलमा मिसाएर बेच्ने कुरा पत्याउन र पचाउन सक्ने कुरा होइन । बाख्राको पाठोले प्लास्टिक खायो भने मर्छ भनेर तत्काल काट्ने समाजमा यस्तो समाचारबारे सत्य र तथ्य कुरा पत्ता लगाएर जनमानसमा चेतना जगाउनुपर्छ । प्रहरीलाई चित्त बुझाउन नसक्ने व्यवसायीहरू झुठो मुद्दा बोक्दाबोक्दै सडकमा पुग्नेहरू पनि हाम्रो देशमा नभएका होइनन् । दैनिक १/२ किलो चामल किनेर भात खाने नेपालीदेखि चामल उद्योगी, व्यापारी तथा खुद्रा पसलेसम्म आतंक फैलाउने यो समाचारको तत्कालै छानबिन गरी यथार्थ ब्यहोरा जनतासमक्ष ल्याउन सम्बन्धित सबैमा अनुरोध गर्छु ।
– गोविन्दराज कोइराला
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।