प्लास्टिकको चामलबारे


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

असार ३०, २०७४- ‘प्लास्टिकको चामल’ समाचार पढेर आश्चर्यचकित भइयो । अब विज्ञानले प्लास्टिकका चामल बनाउँछ, खायो जस्ताको तस्तै निस्कन्छ, धोइपखाली गर्‍यो, फेरि खायो । खेतीपाती केही गर्नु पर्दैन भन्ने जोक त सुनेको हो । तर चामलमा मिसाएर बेच्ने कुरा पत्याउन र पचाउन सक्ने कुरा होइन । बाख्राको पाठोले प्लास्टिक खायो भने मर्छ भनेर तत्काल काट्ने समाजमा यस्तो समाचारबारे सत्य र तथ्य कुरा पत्ता लगाएर जनमानसमा चेतना जगाउनुपर्छ । प्रहरीलाई चित्त बुझाउन नसक्ने व्यवसायीहरू झुठो मुद्दा बोक्दाबोक्दै सडकमा पुग्नेहरू पनि हाम्रो देशमा नभएका होइनन् । दैनिक १/२ किलो चामल किनेर भात खाने नेपालीदेखि चामल उद्योगी, व्यापारी तथा खुद्रा पसलेसम्म आतंक फैलाउने यो समाचारको तत्कालै छानबिन गरी यथार्थ ब्यहोरा जनतासमक्ष ल्याउन सम्बन्धित सबैमा अनुरोध गर्छु ।
– गोविन्दराज कोइराला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com