सप्तरीमा तटबन्ध पुनर्निर्माणमा खटिए सेना र प्रहरी


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

निरन्तरको वर्षाले जनजीवन कष्टकर

राहत एकद्धार प्रणालीबाट वितरण गरिने

शनिबारदेखिको बाढीका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा भत्केको बाँधको मर्मत र पुनर्निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । महुली नदीको बाँध भत्किएर समस्यामा परेको मयनाकरेडी र लोहजाराको भेडिया बस्तीलाई जोगाउन बुधबार दिउँसोबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यस्तै खाडो नदीको तटबन्धअन्तर्गत तोपा र लौनियामा समेत सुरक्षाकर्मीले कटान नियन्त्रणको कार्य गर्ने उनले बताए ।

बढी दूरीसम्म कटान भएका स्थानमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले आवश्यक तयारी गरी नियन्त्रणको उपाय गर्ने तर बाँध नबनाउँदा बस्ती नै सखाप हुने अतिसंबेदनशील स्थानमा बुधबारबाटै सेना, सशस्त्र र नेपाल प्रहरी परिचालित हुने प्रजिअ कटुवालले जानकारी दिए । परिचालित सुरक्षाकर्मीले कटान भएको स्थानमा जालीमा बोरा भरेर नियन्त्रणको कार्य गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार घरघरमा पसेको पानी सुक्न नपाउँदै मंगलबार बिहानवाट निरन्तर वर्षा भइरहेका कारण बाढी प्रभावित क्षेत्रको जनजीवन कष्टकर भएको छ । निरन्तर वर्षा भइरहँदा फेरि खोला नदीमा बाढी आएको र प्रभावित क्षेत्रमा पस्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।


राहत वितरणमा एकद्धार प्रणाली

सप्तरीका विभिन्न खोलानदीमा आएको बाढीले प्रभावित क्षेत्रमा विभिन्न संघ संस्था तथा व्यक्तिले वितरण गर्ने राहतलाई व्यवस्थित गर्न एकद्धार प्रणाली लागू गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बिहान राजविराजमा भएको बैठकले राहत वितरण गर्न आउने व्यक्ति र संघ संस्थालाई जिल्ला विपद् व्यवस्थापन समितिमा समन्वय र सम्पर्क गरी मात्र राहत वितरण गर्न आग्रह गरेको छ ।

यस्तै बाढी प्रभावितको तथ्यांक द्रूत गतिका संकलन गर्नका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय भएको छ । खानेपानीका लागि फिल्टर, हेण्ड पम्पलगायतका सामग्री युनिसेफसित माग गर्ने निर्णय विपद् व्वबस्थापन समितिले गरेको छ । यसै गरी विस्थापित भएका तथा प्रभावितहरुलाई प्रभावकारी राहतका लागि दातृ निकायहरुसित समन्वय र सहयोग लिने निर्णय समेत भएको छ ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com