सर्वोच्चले सदर गर्‍यो ट्रम्पको नीति, ६ देशका नागरिकलाई अमेरिका प्रतिबन्ध


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १७, २०७४- अन्तत: अमेरिका जान प्रतिबन्ध लाग्ने नै भएको छ, मुस्लिमबहुल ६ देशका नागरिकलाई । अमेरिकी सर्वोच्च अदालतले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सदर गर्दै कार्यान्वयनका लागि फुकुवा गरेकाले पाँच महिनाअघि घोषित कानुन लागू भएको हो ।

राष्ट्रपति भएलगत्तै ट्रम्पले मुस्लिमबहुल रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी ६ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने कानुन घोषणा गरेका थिए । तर अधिकारवादी र अदालतको विरोधले ती देशका नागरिक र शरणार्थीमाथिको यात्रा प्रतिबन्धको कानुनको कार्यान्वयन हुन सकेको थिएन । त्यतिबेला व्यापक मात्रामा विरोध मात्रै भएन, संघीय अदालतले कार्यान्वयन नगर्न आदेश नै दिएको थियो । तर, बिहीबार सर्वाेच्चले ट्रम्पको नीति सदर गरिदिएको छ । फैसलामा उक्त कानुन पूर्ण रूपमा प्रतिबन्ध लगाउने गरी नभई आंशिक कार्यान्वयनका लागि फुकुवा गरिएको छ । पहिले नै प्रवेशाज्ञा भएका नागरिक, अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने परिवारका वास्तविक आफन्तजन र त्यहाँ व्यापारिक सम्बन्ध भएका नागरिकका हकमा भने यो कानुन लागू नहुने सर्त फैसलामा उल्लेख छ । अहिलेको लागि ती ६ देशका नागरिकलाई ९० दिनको र शरणार्थीलाई १२० दिनको प्रतिबन्ध लगाउन पाउने अदालतको आदेशमा छ ।

आदेशको अधिकारवादीले विरोध गरेका छन् । बिहीबारबाट कानुन कार्यान्वयनमा आएसँगै जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारवादीहरू उपस्थित भएर अध्यागमनका अधिकारीलाई प्रवेशाज्ञा लिएर आएका नागरिकलाई नफर्काउन आग्रह गरिरहेका थिए । उनीहरूले यो कानुनको कार्यान्वयन हुनुभन्दा अघि नै प्रवेशाज्ञा प्राप्त गरेका नागरिकलाई नरोक्न आग्रह गरिरहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com