कल बाईपासका सामग्रीसहित एकजना पक्राउ


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

सिमावर्ती क्षेत्रमा बिनाइजाजत अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जलेश्वर नगरपालिका ५ स्थित सिमावर्ती विसनपुरमा कल बाईपासको अवैध धन्दा सञ्चालन गर्दै आएका राजा भन्ने स्थानीय ३१ वर्षीय महमद अजमद कवारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले मंगलबार साँझ जलेश्वरमा पत्रकार सम्मेलन गरी भीओआईपी सञ्चालनका लागि जडान गरिएका दर्जन प्रकारका सामाग्रीसहित कवारीलाई सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारिका लागि मलेसिया पुगेका कवारीले उतैबाट भीओआईपी सञ्चालनबारे प्राविधिक जानकारी हासिल गरेको बुझिएको छ । ६ महिनाअघि घर फर्केदेखि सिमावर्ती विसनपुरकै मोहहद अब्दुल्लाको घर भाडामा लिई यसको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक राजकुमार लम्सालकाअनुसार यस अवधिमा कवारीले करोडौ मूल्यबराबरको कल बाईपास गरेको अनुमान छ ।

नेपाल टेलिकम र एनसेलका प्राविधिक विज्ञसँग समन्वय गरी कवारीको पीसिओमा छापा मारेको लम्सालले जनाए । छापामार्दा १६ थान एन्टेना जडान गरिएका १६ पोटको भीओआईपी डिभाईस, माईक्रो वेभ एन्टिना, नेपाली र भारतीय कम्पनीका सीमकार्ड र त्यसमा लाग्ने रिचार्ज कार्डहरु, ब्याट्री, ल्यापटप, मोबाइल सेटलगायतका भीओआईपी सञ्चालनका सामना बरामद भएपछि कवारीलाई नियन्त्रणमा लिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com