कल बाईपासका सामग्रीसहित एकजना पक्राउ


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

सिमावर्ती क्षेत्रमा बिनाइजाजत अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जलेश्वर नगरपालिका ५ स्थित सिमावर्ती विसनपुरमा कल बाईपासको अवैध धन्दा सञ्चालन गर्दै आएका राजा भन्ने स्थानीय ३१ वर्षीय महमद अजमद कवारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले मंगलबार साँझ जलेश्वरमा पत्रकार सम्मेलन गरी भीओआईपी सञ्चालनका लागि जडान गरिएका दर्जन प्रकारका सामाग्रीसहित कवारीलाई सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारिका लागि मलेसिया पुगेका कवारीले उतैबाट भीओआईपी सञ्चालनबारे प्राविधिक जानकारी हासिल गरेको बुझिएको छ । ६ महिनाअघि घर फर्केदेखि सिमावर्ती विसनपुरकै मोहहद अब्दुल्लाको घर भाडामा लिई यसको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक राजकुमार लम्सालकाअनुसार यस अवधिमा कवारीले करोडौ मूल्यबराबरको कल बाईपास गरेको अनुमान छ ।

नेपाल टेलिकम र एनसेलका प्राविधिक विज्ञसँग समन्वय गरी कवारीको पीसिओमा छापा मारेको लम्सालले जनाए । छापामार्दा १६ थान एन्टेना जडान गरिएका १६ पोटको भीओआईपी डिभाईस, माईक्रो वेभ एन्टिना, नेपाली र भारतीय कम्पनीका सीमकार्ड र त्यसमा लाग्ने रिचार्ज कार्डहरु, ब्याट्री, ल्यापटप, मोबाइल सेटलगायतका भीओआईपी सञ्चालनका सामना बरामद भएपछि कवारीलाई नियन्त्रणमा लिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com