वाइड बडीका लागि निगमले ८ अर्ब जर्मनी पठायो


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४

नेपाल एयरलाइन्सले दुई ठूला जहाज किन्नका लागि शुक्रबार जर्मनीमा रहेको एजेन्ट नर्टन रोज फुलब्राइटलाई पहिलो किस्ताबापत ७९ मिलियर डलर (८ अर्ब १३ करोड ७० लाख रुपैयाँ) पठाएको छ ।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार यो रकम काठमाडौंस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत उक्त एजेन्टको खातामा पठाइएको हो । नर्टन रोजको नाममा मध्यस्थ खाता (स्क्रु एकाउन्ट) खोलिएको छ । निगमलाई जहाज उपलब्ध गराउने हाइफ्लाईले आफ्ना दुई सहएजेन्टसमेतको प्रतिनिधित्व हुने गरी जर्मनीमा खोलेको यो खातामा रकम पुगेपछि निगम र हाइफ्लाईको सहमतिमा जहाज निर्माता कम्पनी एयरबसको खातामा रकम जानेछ । ध्वजावाहक निगमले गत फागुन ४ मा कमिटमेन्ट रकमअन्तर्गत एक मिलियन (१० करोड ३३ लाख रुपैयाँ) डलर बैना पठाइसकेको छ । ‘पहिलो किस्ता ८० मिलियन पठाउने सहमतिअनुसार रकम पठायौं, आगामी बिहीबारसम्म त्यो रकम एयरबसको खातामा पठाउनेछौं,’ निगमका एक अधिकारीले भने । निगमले बाँकी १६ अर्ब रुपैयाँँ जहाज ल्याइनुअघिको अन्तिम एक महिना अगाडि भुक्तानी गर्नेछ ।
निगमलाई जहाज दिलाउने एएआरले जहाजको स्लट नम्बर दिइसकेको छ । प्रि–डेलिभरी रकम पठाएपछि एयरबसको वेबपेजमा अर्डर गरिएका जहाजको विवरण देखिने निगमले दाबी गरेको छ ।
गत चैत २५ मा २१ अर्ब ९० करोड रुपैयाँमा दुइटा जहाज खरिद गर्न निगमले हाइफ्लाई, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग खरिदबिक्री सम्झौता गरेको थियो । निगमले यसै साता वार्षिक ९ प्रतिशत ब्याजदरका आधारमा नागरिक लगानी कोषसँग र कर्मचारी सञ्चय कोषसँग १२/१२ अर्ब गरी २४ खर्ब ऋण सम्झौता गरेको छ । यो रकम जुटेसँगै नेपाल एयरलाइन्सलाई एयरबसको वाइड बडी ए ३३०–२०० सिरिजका दुइटा जहाज किन्न बाटो खुलेको थियो ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com