राजपालाई फकाउँदै सरकार, आज पनि मनाउन सकेन
प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार
काठमाडौं २८ जेठ । सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउनको लागि मनाउने प्रयास गरिरहेको छ ।
आज विहान भएको सरकार र राजपका शीर्ष नेताहरुबीचको छलफल पनि विना निस्कर्ष सकिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी थिए ।
राजपाले आफ्नो माग कायमै राखेका छन् भने सरकारपक्षले उक्त मागलाई पुरा गर्न नसकिने बताउँदै आएको छ ।
राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतका राजनीतिक माग पुरा नभए चुनावमा नजाने बताएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
सरकार र सत्तारुढ दलहरुले भने संविधान संशोधन चुनावपछि गर्ने भन्दै निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आएको छ ।






