९ वर्षीया बालिकाको हत्या


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

दमक: झापाको दमकमा बुधबार साँझ एक बालिकाको हत्या भएको हत्या भएको छ। दमक–२ का हेमकर्ण दाहालकी छोरी ९ वर्षीया गंगा दाहालको हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। गंगा बुधबार साँझ टाउको, कुम र छातीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राजन लिम्बुले बताए। नजिकैको एक विद्यालयको कक्षा–२ मा अध्ययनरत उनी विद्यालयबाट आएर ‘पेट दुख्यो’ भन्दै आराम गर्न माथिल्लो तल्लामा रहेको कोठामा गएको बेला यस्तो घटना भएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले गंगाकी दिदीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। ‘घटना हुँदा उनकी दिदी घरको मुनिको तलामा रहिछन्’ डिएसपी लिम्बूले भने, ‘घर छेउमा थ्रेसर चलाउने अरु तीन जनलाई नियन्त्रणमा लिएका छौं।’  गंगाको शव मोरङको मंगलबारेस्थित मंगलबारे अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Source : Thaha Khabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com