आफ्नो सपथग्रहणमा ट्रम्प ‘नआएकै राम्रो’ बाइडेनको प्रतिकृया


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सपथग्रहण समारोहमा डोनाल्ड ट्रम्प नआएकै राम्रो भएको बताएका छन् । जनवरी २० को सपथग्रहणमा नआउने ट्रम्पको निर्णय एकदम राम्रो भएको र आफूले पनि उनको उपस्थीति नचाहेको बाइडेनले बताएका छन् ।

बाइडेनले भने -‘सपथग्रहण समारोहमा उपस्थीत नहुने संकेत गरेको कुरा मलाई पनि जानकारी गराइएको थियो । उनी सपथग्रहणमा देखा नपरेको एकदमै राम्रो हो । यसमा उनको र मेरो कुरा मिल्यो । उनी देश र विश्वकै लागि लज्जा हुन् ।’

डोनाल्ड ट्रम्पमात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्प पनि सपथग्रहण समारोहमा उपस्थीत नहुने जनाइएको छ । उपराष्ट्रपति माइक पेन्सको सपथग्रहणमा उपस्थीतिबारे सोध्दा बाइडेनले भने -‘उनलाई स्वागत छ । उनलाई त्यहाँ पाएको खण्डमा म गौरवान्वीत हुनेछु ।’

आजविहान डोनाल्ड ट्रम्पले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहमा नजाने घोषणा गरेका थिए । उनले जनवरी २० मा हुने सपथग्रहण समारोहमा आफू उपस्थीत नहुने बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्वीटमार्फत ट्रम्पले भनेका थिए – ‘जसजसले सोध्नुभएको थियो उहाँहरुलाई जानकारी दिन चाहन्छु कि म जनवरी २० मा हुने सपथग्रहण समारोहमा उपस्थीत हुनेछैन ।’

बिहिबार राती भिडियो वक्तब्यमार्फत आफ्नो पराजय स्वीकारेका ट्रम्पले त्यसपछि खासै विवादास्पद वक्तब्य दिएका छैनन् ।

बुधबारसम्म निकै आक्रमक रुपमा प्रस्तुत भइरहेका डोनाल्ड ट्रम्पले चुनावी पराजय, हुलदंगा र कोरोनाबारे आफ्नो धारणामा एकाएक परिवर्तन गरेका हुन् । बुधबारसम्म संसद भवनमा हंगामा मच्याउने प्रदर्शनकारीहरुलाई आफूले माया गर्ने भन्दै प्रतिकृया दिएका ट्रम्पले बिहिबार बेलुका हिंशात्मक प्रदर्शनको निन्दा गरे ।

ट्रम्पका कैयन मन्त्रीहरुको राजिनामा, सामाजिक सञ्जालको प्रतिबन्ध, २५ औं संसोधन लगाएर ट्रम्पलाई पदमुक्त गर्नुपर्ने माग लगायतको पृष्ठभूमिमा बिहिबार बेलुका भिडियो वक्तब्य सार्वजनिक गर्दै ट्रम्पले भने – ‘अमेरिका सधै कानुन र व्यवस्थाको राष्ट्र हो र हुनुपर्छ । संसदमा घुसपैठ गर्नेहरुले अमेरिकन लोकतन्त्रको सिट असुद्ध बनाएका छन् । जो हिंशा र विध्वंसको गतिविधिमा संलग्न भए, तिमीहरुले हाम्रो देशको प्रतिनिधित्व गर्दैनौ । जसले कानून तोडेको छ, तिमीले त्यसको मूल्य चुकाउनुपर्नेछ ।’

उनको बिहिबारको व्यक्त उनको अडान र स्थीति परिवर्तनका सन्दर्भमा उल्लेखनीय रहेको थियो । बिहिबारको हिंशात्मक प्रदर्शनका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकारी समेत रहेका छन् ।

हिंशात्मक प्रदर्शनपछि कैयन सांसदहरुले ट्रम्पबिरुद्धको महाअभियोग लगाउनुपर्ने आव्हान गरेका छन् । उपराष्ट्रपति पेन्समाथि २५ औं ससोधन लगाएर ट्रम्पलाई पदमुक्त गर्नका लागि दबाब समेत बढेको छ । आगामी जनवरी २० मा ट्रम्पको कार्यकाल सकिने भएपनि उनलाई त्यो भन्दा अगाडि नै पदमुक्त गर्नका लागि दवाव बढेको हो ।

ट्रम्पले बिहिबारको भिडियो वक्तब्यमा आफ्नो पराजय स्वीकारेका छन् । ट्रम्पले भनेका छन् – ‘अब संसदले परिणामलाई प्रमाणिकरण गरिसकेको छ । जनवरी २० मा नयाँ प्रशासनको सुरुवात हुनेछ । अब मेरो ध्यान सहज, निर्वाध र विधिवत शक्ति हस्तान्तरणमा छ । यो क्षणले उपचार र मेलमिलापको आव्हान गर्दछ ।’

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com