बेलायतका नर्सहरु आन्दोलित


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

कोभिड १९ महामारीका बेला अग्रपंक्तिमा दैनिक 
१४ घण्टासम्म खटिइन् लन्डनस्थित इलिङ हस्पिटलकी आइसीयू म्यानेजर प्रसुना कंडेल । क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट पनि भएकाले उनलाई कामको जिम्मेवारीले सास फेर्ने फूर्सद हुन्थेन । त्यसमाथि इलिङ हस्पिटलले कोभिड बिरामी थाम्न नसकेर अवस्था भयावह थियो ।

‘हामी नर्सहरु घर परिवार पनि नभनि ज्यानको जोखिम लिएर फ्रन्टलाइनमा खटियौं । कुनै बेला पिपिइ बिना नै आफ्नो तन, मन दिएर काम गरियो । बिरामी आएपछि 
नहेर्ने भन्ने भएन । तर, सरकारले अरु पब्लिक सेक्टरको तलब बढाउंदा हामीलाई पाखा लगायो’, उनको आक्रोश छ ।

सेन्ट म्यारिज एनएचएस हस्पिटलमा कार्यरत अर्की नर्स 
रस्मिता दर्लामीको आक्रोश पनि त्यस्तै छ । 
‘कोभिड १९ का बेला मानसिक र भावनात्मक रुपमा विक्षिप्त हुंदा समेत हामीले काम गर्न छाडेनौं तर सरकारले तलबवृद्धिमा भेदभाव गरयो जुन अस्वीकार्य छ’, दर्लामी भन्छिन्, नर्सबाहेक अन्य एनएचएस कर्मचारीको पनि बढाइनुपर्छ ।’

प्रसुना, रस्मिता जस्ता बेलायतका हजारौं नर्सहरु यतिखेर सरकारसंग आक्रोशित छन् । ब्रिटेनको 
राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का नर्सहरु तलबवृद्धिको माग गर्दै आन्दोलित भएका छन् । शनिबार लन्डन, वेल्स, 
स्कटल्याण्डको एडिनबरा, लिभरपुल, न्यू क्यासल, सेफिल्ड लगायत देशका विभिन्न ३० ठाउंमा प्रदर्शन भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लन्डन सेन्ट जेम्स पार्कमा भेला भएका प्रदर्शनकारीहरुले हवाइट हल हुंदै प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट, पार्लियामेन्ट स्क्वायर वरपर प्रदर्शन गरे । वेल्स्मा मात्र चार शहर कार्डिफ, स्वान्सी, मर्थर र ब्रीजेण्डमा यस्तो प्रदर्शन भएको जनाइएको छ ।

हजारौं ब्रिटिश नर्स तथा एनएचएस कर्मचारीहरुले कोरोना संकटका कारण सरकारले गर्ने भनेको तलब वृद्धि चांडै गरियोस् भन्ने माग गर्दै देशभरि विरोध जनाइरहेका छन् ।

प्रदर्शनमा सहभागी नर्सहरुले सरकारले आफूहरुलाई ‘पछाडिबाट छुरा हाने’ को भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारले हालै चिकित्सक, डेन्टिस्ट, प्रहरी, शिक्षक, आर्मड फोर्सेस्, न्यायालय लगायत सार्वजनिक क्षेत्रमा काम 
गर्ने करिब ९ लाख कामदारको तलबवृद्धिको घोषणा गरेको 
थियो ।

तर, कोभिड १९ महामारीका बेला आफ्नो जीवन र परिवारको वास्ता नगरि काम गरेका आफूहरुलाई वेवास्ता गरिएको भन्दै एनएचएस नर्स र कर्मचारी आन्दोलित भएका हुन् । छुट्टै सम्झौता अनुसार काम गरिरहेका नर्स, सफाई कर्मचारी, केयर असिस्टेन्ट लगायत १० लाख भन्दा बढी कर्मचारीको तलब बढेन् ।

उनीहरुको युनियनले सन् २०१८ मा सरकारसंग गरेको तीन वर्षे सम्झौता अनुसार आगामी अप्रिलदेखि ६. ५ प्रतिशतदेखि सबैभन्दा कम तलब पाउने कर्मचारीको २९ प्रतिशत सम्म तलब बढ्नेछ ।

लन्डनस्थित क्वीन एलिजाबेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी कोभिड १९ महामारीका बेला नर्सिङ कर्मचारीको काम निकै चुनौतिपूर्ण र महत्वपूर्ण भूमिका रहेको बताउंछन् । ‘एनएचएसमा काम गर्ने नर्सिङ कर्मचारीको तलब उनीहरुको कामको तुलनामा कम छ’, कैनी 
भन्छन्, ‘अस्पतालमा बिरामीसंग सबैभन्दा बढी समय बिताउने कर्मचारी नर्स नै हुन् । त्यसैले पनि अहिलेको अवस्थामा उनीहरुको काम र योगदानको कदर गर्दै सरकारले तत्काल तलब भत्ता बढाउनु पर्ने माग एकदम जायज र समय सान्दर्भिक छ ।’

एनएचएसमा कार्यरत नर्सहरुको ब्याण्ड र अनुभव हेरि वार्षिक करिब २५ हजार देखि एक लाख ५ हजार पाउण्डसम्म तलब छ । लन्डनमा कार्यरत नर्सहरुले लन्डन अलाउन्स शीर्षकमा वार्षिक करिब ७ हजार पाउण्ड अतिरिक्त तलव पाउंछन् ।

लकडाउनका बेला एनएचएस कर्मचारीले सर्वसाधारणको भने व्यापक समर्थन र हौसला पाएका थिए । प्रत्येक बिहीबार सर्वसाधारणहरु घर बाहिर निस्किएर ति कर्मचारीको योगदानको सम्मान स्वरुप ताली बजाउने गर्दथे । प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री ऋषि सुनाकले पनि बाहिर निस्केर ताली बजाउने गरेका थिए । तर, तलव वृद्धिको लायक नसम्झिएकामा उनीहरु आक्रोशित छन् । कोभिड १९ का कारण ५४० जना एनएचएस कर्मचारीले ज्यान गुमाएका बताइन्छ ।

कर्मचारीहरुको एउटा युनियन युनिसनले गरेको एक सर्वेक्षणमा करिब ६९ प्रतिशत पब्लिकले तलववृद्धि गरिनुपर्ने आवाज उठाएका थिए । एउटा अनलाइन पिटिसनमा तलव वृद्धिको माग गर्दै एक लाख १६ हजार हस्ताक्षर भइसकेको छ ।

रोयल कलेज अफ नर्सिङले अहिले नै तलब बढाउन जोडदार माग गरेको छ । उक्त निकायले ४२ हजार नर्सिङ स्टाफमा गरेको सर्वेक्षणमा ३६ प्रतिशतले यो पेशा नै छाड्ने सोच बनाइरहेको बताएका थिए जसको मुख्य कारण तलव थियो ।

बेलायतका करिब ३ हजार नेपाली नर्सहरु एनएचएससंग आवद्ध रहेको अनुमान छ ।

नेपाली लिङ्क

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com