इंग्ल्यान्डमा आजबाट ‘फेस मास्क’ प्रयोगको क्षेत्र विस्तार


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम गर्न इंग्ल्याण्डमा आज शनिबारबाट फेस मास्कको प्रयोगलाई थप कडाइका साथ लागू गरिएको छ ।

गत जुलाई २४ देखि दोकान, शपिङ सेन्टर, बैंक, टेकअवे, पोष्ट अफिस, स्याण्डविच पसल तथा सुपरमार्केटमा मास्कको प्रयोग गरिदै आएकोमा अबदेखि अन्य विभिन्न स्थानमा समेत मास्क प्रयोग अनिवार्य गरिएको छ ।

सरकारद्वारा जारी नयाँ नियमअनुसार शनिबारबाट सिनेमा हल, म्युजियम र पूजा गर्ने स्थलहरुमा समेत मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

यसैगरी फ्युनेरल डाइरेक्टर, लिगल तथा फाइनान्सियल सर्भिस क्षेत्र, थियटर, बिंगो, कन्सर्ट हल, मसाज पार्लर, होटल तथा होस्टल, कम्युनिटी सेन्टर, स्टोरेज, भेटनरी, अक्सन क्षेत्र, अन्तरिक मनोरञ्जन स्थल लगायत स्थानहरुमा पनि आजबाट मास्क अनिवार्य गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सार्वजनिक यातायातमा पहिलादेखि नै मास्क अनिवार्य छ ।

तर, ११ वर्ष भन्दा कम उमेर भएकाको लागि भने मास्कको प्रयोग अनिवार्य  छैन । यसैगरी शारीरिक अपाङ्गता भएका, स्वास्थ्य स्थिति कमजोर भएका तथा मास्कको प्रयोग गर्दा शारीरिक, मानसिक लगायत विभिन्न रोगमा असर पर्ने भएमा पनि प्रयोग अनिवार्य हुने छैन ।

सरकारको यस नीति पालना गराउन प्रधानमन्त्री बोरिस जोन्सनले गृह मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन् । मास्कको प्रयोग सम्बन्धि नियम उलंघन गरेमा एक सय पाउण्डसम्म जरिवाना गरिने नियम यसअघि नै सरकारले लागू गरिसकेको छ ।

मास्कको सट्टा सामान्य स्कार्फ पनि प्रयोग गर्न सकिनेछ, जसले नाक र मुखलाई ढाक्न सकोस् । आफ्नो परिचय खुलाउनुपर्ने स्थानहरु बैंक लगायत उमेरको हदबन्दी तोकिएको ठाउँमा मास्क हटाउन सकिनेछ ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मास्कको प्रयोगमा थप कडाइ गरेको हो । बेलायतमा कोरोना भाइरसबाट शुक्रबारसम्म ४६ हजार ४ सय १३ जनाको ज्यान गैसकेको छ ।

यसैगरी गएको २४ घन्टामा थप ९ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको दोस्रो तरङ आउन सक्ने भन्दै यसको नियन्त्रणमा एकजुट हुन प्रधानमन्त्री बोरिस जोन्सनले आग्रह गर्दै आएका छन् ।

नेपाली लिङ्क

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com