पोर्चुगलमा मृतकको संख्या घट्दै, संक्रमित बढ्दै
प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार
दुई दिन अघिको तथ्याङ्क हेर्दा पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्यमा ओर्लिएको थियो । तर पछिल्लो दुई दिनयता त्यस्तो संख्या पुनः एकमा उक्लिएको छ ।
सरकारले संकटकाल लगाएका बेला पोर्चुगलमा एकैदिन ४० को हाराहारीमा नागरिकले ज्यान गुमाएका थिए । तर अहिले भने त्यो अवस्था टरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ ।
एकातिर कोरोना संक्रमितको मृत्युको दर घटेपनि अर्कोतिर संक्रमितको संख्या भने उकालो लागिरहेको छ । जहाँ दुई दिन अघिको तथ्याङ्क हेर्ने हो भने थपिएका संक्रमितको संख्या एकैदिन १०६ थियो । जहाँ त्यसदिन मृत्युको संख्या शुन्य थियो ।
तर पछिल्लो दुई दिनयता कछुवा गतिमा कोरोनाका नयाँ बिरामी थपिएका छन् । जहाँ क्रमशः ११२ र १६७ संक्रमित थपिएका छन् ।
राष्ट्रिय स्वास्थ्य महादिर्नेशनालयका अनुुसार पोर्चुगलको लिस्वन क्षेत्र कोरोना भाइरसको उच्च जोखिममा छ । नयाँ थपिने बिरामीहरुमा सबैभन्दा धेरै यसै क्षेत्रका छन् । सरकारले पनि सामाजिक दुरी कायम गर्न मास्कको प्रयोगलाई अनिवार्य गरेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार पोर्चुगलमा संक्रमितको कुल संख्या ५१ हजार ८४८ छ । जहाँ एक हजार ७४० ले भाइरसकै कारण ज्यान गुमाएका छन् । उता कोरोनालाई जितेर घर फर्किनेको संख्या ३७ हजार ५६५ रहेको तथ्याङ्क महानिर्देशनालयसँग छ ।
एक करोड एक लाख ९३ हजार ७५५ कुल जनसंख्या रहेको पोर्चुगलमा हालसम्म १६ लाख ७१ हजार ४२२ जनाको कोरोना परीक्षण भइसकेको महानिर्देशनालयको दावी छ ।
सजग रहन नेपाली समुदयालाई महाबाणिज्यय दुतको आग्रह
कोरोनाको बढ्दो संक्रमणबाट जोगिन लिस्वनस्थित अवैतनिक महाबाणिज्य दुत मकर हमालले सबै नेपाली समुदायलाई आग्रह गरेका छन् । उनले सुरक्षाको उपाय अपनाएर काम गनुपर्नेमा जोड दिए । ‘मास्क र सामाजिक दुरी नै कोरोनाबाट जोगिने उपाय हो’ उनले भने ।





