अष्ट्रेलियाको मेलबर्नवासी नेपालीहरुमा पनि फैलियो संक्रमण, संक्रमितको सहयोगमा जुट्दै नेपाली संस्थाहरु


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमण फैलिरहेको छ। यसैबीच ३४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक भएको हो। त्यस्तै, ५४ जना सेल्फ आइसोलेसनमा रहेका छन्।

यो तथ्यांक सम्पर्कमा आएका व्यक्तिहरुको मात्र रहेको र सम्पर्कमा नआएका अन्य धेरै संक्रमित छन् भन्ने थाहा हुनआएको समितिले जनाएको छ। एनआरएनए अष्ट्रेलिया, भिक्टोरिया स्थित महावाणिज्यदुतको कार्यालय, न्याभ लगायत नेपाली संस्थाहरु र नेपाली समुदायका अगुवाहरु रहेको समितिले तथ्याङ्क सार्वजनिक गरेको हो।

संक्रमित मध्ये १९ जना महिला र १५ जना पुरुष छन्। धेरैजना ३० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ। आइसोलेसनमा रहेका व्यक्तिहरु भने संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका कारण आइसोलेसनमा बसेका हुन्।

संक्रमितको सहयोगको लागि जुटिरहेका नेपाली संस्थाहरु तथा समाजका अगुवाहरु थप प्रभावकारी सहयोगको लागि तयारी गरिरहेका छन्। नेपाली समुदायको जोकोहीमा पनि लक्षण देखिएमा परिक्षण गराउन र कोरोना संक्रमण पुष्टि भएमा हतास नभई सम्पर्क गर्न आग्रह गर्दै उनीहरुले थप सहयोगको लागि भिक्टोरिया सरकारको सम्बन्धित निकायसंग छलफल भइरहेको जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्फर्मेसन सेन्टरमा कल सम्पर्क गरेर सम्पूर्ण जानकारी लिन सकिने व्यवस्था समेत गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com