भारतमा गत चौबीस घण्टामा ५० हजार बढी संक्रमित थपिए
प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार
भारतमा लगातार पाँचौं दिन कोरोनाका ५० हजारभन्दा बढी संक्रमित देखिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका ५२ हजार नौ सय ७२ बिरामी देखिएका छन् ।
मन्त्रालयले सोही अवधिमा सात सय ७१ जनाको संक्रमणबाट मृत्यु भएको जनाएको छ । भारतमा मृत्यु हुने संक्रमितको संख्या ३८ हजार एक सय ३५ पुगेको छ ।
सरकारी तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १८ लाख तीन हजारभन्दा बढी पुगिसकेको छ । जसमध्ये ११ लाख ८६ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् ।





