चीनबाट आएका रहस्यमय बिउका पोकाबारे ५० वटै राज्यबाट चेतावनी जारी


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

चीनको अज्ञात स्थलबाट अर्डर नगरिएका बिउका पोकाहरु अमेरिकनहरुले भटाभट प्राप्त गरेपछि अमेरिकाका सबै राज्यहरुले त्यस्ता बिउका पोकाबिरुद्ध चेतावनी जारी गरेका छन् । त्यस्ता बिउहरु घातक हुनसक्ने भएकाले नरोप्न प्राप्तकर्ताहरुलाई चेतावनी दिएको छ ।

त्यस्ता बिउका पोकाहरु प्राप्त भएमा राज्यको बोटबिरुवा नियमन अधिकारीलाई सम्पर्क गर्न भनिएको छ ।

नियमन अधिकारीलाई सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोला ।

पोकाहरु र हुलाकको लेवल नच्यात्न अमेरिकाको कृषि विभागले सुचना जारी गरेको छ । सकभर पोकाहरु नखोल्न र फोहोर फ्याक्ने ठाउँमा समेत नफ्याक्न भनिएको छ । फोहोर फयाक्ने ठाउमा समेत फ्याक्ने क्रममा ती बिउका पोकाहरुले जमिन पाएर कतै जरा फैलाएमा घातक हुनसक्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती बिउका पोकाहरु चाइनाको सरकारी हुलाक सेवा मार्फत नै अमेरिकामा विभिन्न व्यक्तिका नाममा पठाइएको छ । त्यस्ता बिउ घातक हुनसक्ने र रोपेको खण्डमा वातावरण तथा अन्य बोटबिरुवामा नकारात्मक असर पर्ने कृषि विभागहरुले चेतावनी दिएका छन् । अमेरिकी सरकारको सीबीपीले पनि त्यस्ता बिउहरुबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

त्यस्ता बिउका पोकाहरुले कस्ले र किन पठाइरहेको छ भन्नेबारे केही स्पष्ट छैन । राज्यहरुले त्यस्ता पोका प्राप्त भएमा प्लान्ट इन्ड्रस्ट्री सर्भिसको कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणका नाममा सुचना जारी गरेका छन् ।

अमेरिकामा अन्य देशबाट बिउ र बोटबिरुवा ल्याउँदा कडा नियम रहेको छ । प्लान्ट प्रोटेक्सन एण्ड क्वारेन्टीन कार्यक्रम अन्तरगत यसको निगरानी गरिन्छ ।

अमेरिकामा ल्याइने कुनै पनि बिउबिजनमा कुनै रोग वा किरा नभएको प्रमाणित गर्ने प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ । तर यसरी सर्वसाधारणहरुले अर्डर नै नगरेका बिउहरु प्राप्त गर्दा एकखालको त्रास उत्पन्न भएको छ ।

कुन राज्यले कस्तो चेतावनी जारी गरेका छन् ? तल पढ्नुहोला ।

AlabamaAlaskaArizonaArkansasCaliforniaColoradoConnecticutDelawareFloridaGeorgiaHawaiiIdahoIllinoisIndianaIowaKansasKentuckyLouisianaMaineMarylandMassachusettsMichiganMinnesotaMississippiMissouriMontanaNebraskaNevadaNew HampshireNew JerseyNew MexicoNew YorkNorth CarolinaNorth DakotaOhioOklahomaOregonPennsylvaniaRhode IslandSouth CarolinaSouth DakotaTennesseeTexasUtahVermontVirginiaWashington stateWest VirginiaWisconsin  Wyoming.

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com