नेपालमा आइसोलेसनमा २७२,अहिलेसम्म २२ हजार ६६४ जनाको कोरोना परीक्षण


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

हालसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा १३६३ जनाको कोरोना परीक्षण भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनकाअनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परीक्षण गरिएको थियो ।

यस्तै हालसम्म आरडीटी विधिबाट ६२ हजार ३२७ जनाको परीक्षण भएको छ । यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो । यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८३५ रहेको छ।

यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु २७२ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा ६ जना र बाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै आज तीन जनामा कोरोना पुष्टि भएको र योसँगै संक्रमितको संख्या २४६ पुगेको पनि उनले बताए । यस्तै ३५ जना निको भएर घर फर्किएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com