समाजसेवी श्री पराजुलीद्वारा न्यूजर्सीमा बिधार्थीहरूलाई सहयोग


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

न्यूजर्सी ।

समाजसेवी तथा एनआरएनए अमेरीकाका संरक्षक श्री पराजुलिले न्यूजर्सी Ramapo College Mahwah NJ मा करिव एक दर्जन नेपाली बिधार्थीहरूलाई सहयोग गर्नुभएको छ। एक महीना सम्मका लागी पूग्ने गरि खाद्यान्न लगायत का अतिआवश्यक सामग्रीहरू उपलब्ध गराउनू भएको हो ।

एनआरएनए उत्तर पूर्व क्षेत्रीय संयोजक संजीब श्रेष्ठ एवं एनआरएनए का सल्लाहकार सतेन्द्र शाहको अग्रसरतामा खाद्यान्न एवं सामग्रीहरू आज कलेजमा पुगि बितरण गरिएको छ। जतीबेला पनि नेपालीहरूलाई समस्या परेको हून्छ। हाम्रा संरक्षक तथा समाजसेवी श्री पराजूलीले सहयोग गर्दै आउनू भएको छ। साथै कलेजमा अध्यनरत नेपाली बिधार्थीहरूले पराजूलीलाई धन्यवाद ज्ञापन गर्दै खूसी व्यक्त गरेको श्रेष्ठ ले खसोखासलाई बताउनू भयो।

एनआरएनए सहयोग समिति, कोरोना सचेतना तथा सहयोग समूह र न्यूयोर्क र न्यूजर्सी हेल्पिंग ग्रूप द्वारा राहतवितरण लाई प्रभावकारीरूपमा नेपाली समुदायमा योजना तथा समन्वय एवं बितरण प्रणालीलाई ब्यवस्थित गर्दै आउनू भएका श्रेष्ठले नेपालीहरूलाई समस्या परेमा, ग्रोसरी, औषधी लगायत, अपांगता भएका व्यक्तिहरू वृद्घ बाबा, आमाहरूलाई कुनै समस्या परेको छ भने हाम्रो टीम वा मलाई सिधै सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरि न्यूयोर्कमा कोरोना सचेतना तथा सहयोग समुहले तेस्रो चरणमा ७१ जना नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेको समूहका सक्रिय सदस्य एवं नेपाल आदिबासी जनजाति महासंघ (फिप्ना) अमेरिका का संघिय परिषदका सभामुख मुस्ताङ समाज अमेरिकाका निवर्तमान अध्यक्ष तथा हाल संरक्षक राजकुमार बिष्टले बताउनू भयो। यो समूहलाई सबै दानबीरहरु सहयोगी मनहरुले विश्वास गरेकाले नै यो सबै सम्भव भएको हो। “घरमै बसौं,कोरोनालाई परास्त गरौं “ समस्या परे समूहलाई भनौं। हामी तपाईंको साथमा छौं बिष्टले भन्नुभयो । यस पटक करिब एक महिनालाई पुग्ने गरि राहत वितरण गरिएको समुहले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com