नेपालमा अहिलेसम्म ४७ हजार ४ सय ९६ जनामा कोरोना परीक्षण


प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको बताए ।

उनले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताए । उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स एक÷एक जना रहने छन् । हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा २ समूह, उपमहानगरपालिकामा ३ समूह र महानगरपालिकामा ५ वटा समूहका दरले खटाइने समेत उनले बताए । प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइने समेत बताए ।

यस्तै प्रवक्ता देवकोटाले शुक्रबार कोरोना भाइरस संक्रमण भएका कुनैपनि नयाँ बिरामी नथपिएको बताए । उनले प्रदेश नम्बर एकमा परीक्षणको दायरालाई बढाइएपनि नयाँ संक्रमण फेला नपरेको बताए । यद्यपि उदयपुरबाट ७८ जनाको स्वाब नमुना संकलन गरी कोशि अस्पतालमा पठाइएको उनले बताए ।

प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सयभन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्यसहित टोली परिचालन गरिएको उनले बताए । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना लगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली आजै परिचालन गरिएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ । यससँगै कोरोना भाइरस परीक्षण गरिएको कूल संख्या ४७ हजार ४ सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ नयाँ परीक्षण भएको समेत उनले बताए ।

प्रदेश नम्बर १ मा अहिले सम्म ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सूदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । उनले अहिलेसम्म देशभर १२ हजार ९ सय ८५ जना व्यक्तिरु क्वारेन्टाइनमा रहेको बताए ।

त्यस्तै, काठमाडौं उपत्यकामा ३ र उपत्यकाबाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेको समेत उनले बताए । अहिलेसम्म कूल संक्रमित ४८ जना छन् भने १० जना निको भएर घर फर्किइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com