पाटन अस्पतालमा पीसीआर मेसिन जडान,आइसोलेसना ९० जना


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको परीक्षण, नियन्त्रण र उपचारको लागि सुदूर पश्चिम प्रदेशमा ३८ जना चिकित्सकहरूको टोली खटाइएको बताएको छ । मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले न्याम्सका ३८ चिकित्सकहरुलाई त्यसतर्फ खटाइएको जानकारी दिनुभयो ।

खटिएका चिकित्सकहरु आजै विमान चार्टड गरेर धनगढीतर्फ लागेको पनि उहाँले बताउनुभयो । खटिएका चिकित्सकहरु कम्तिमा १ महिना सुदूरपश्चिम क्षेत्रमा रहने र आवश्यक परे उनीहरुको समय थप गरिने जानकारी पनि दिनुभयो ।

प्रवक्ता देवकोटाले पाटन अस्पतालमा पनि पीसीआर मेसिन जडान भएको जानकारी दिनुहुँदै अब पीसीआर प्रविधिबाट देशभर १४ स्थानबाट परीक्षण सुरु भएको बताउनुभयो ।

उहाँले पछिल्लो समय मुलुकका बिभिन्न भागमा ३० हजार -यापिड डाइनोष्टिक टेष्टको कीट पठाइएको बताउँदै हालसम्म देशभर ७० हजार कीटहरु पठाइसकिएको जानकारी दिनुभयो । केही जिल्लामा भएको -यापिड टेष्टको रिपोर्ट पोजिटिभ आउने क्रम जारी रहे पनि अधिकांशको अन्तिम रिपोर्ट नेगेटिभ आएको पनि बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टर देवकोटाले हालसम्म पीसीआर प्रविधिबाट ७ हजार ६ सय ८८ र -यापिड टेष्ट विधिबाट १७ हजार ५ सय ६२ गरी कुल २४ हजार २ सय ५३ को परीक्षण भइसकेको जानकारी दिनु हुँदै क्वारेन्टाइनमा बस्नेको संख्या ४ हजार ७ सय ६ रहेको बताउनुभयो । हाल आइसोलेसना रहनेको संख्या ९० रहेको जानकारी पनि उहाँले दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com