पीसीआर र आरडीटी विधिबाट गरिएका सबै परीक्षणको नतिजा नेगेटिभ


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक विधि (आरडीटी)बाट परीक्षण भएका सबै नमुनाको नतिजा नेगेटिभ देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ३ सय ६९ जना र आरडिटी विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा गरिएका परीक्षण कुनै पनि पोजेटिभ नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
वीरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय -यपिड परीक्षण भएको छ ।

अहिलेसम्म दुबै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट ७ हजार २ सय ४० र आरडिटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् ।

देशभरी नै सरकारले आरडिटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी परीक्षण सुरु भएको छ । ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु नभएको प्रवक्ता देवकोटाले बताए ।
काठमाडौं उपत्यकाका १६ वटा नीजि अस्पतालले कोभिड क्लिनिक सञ्चालनको अनुमति पाएका छन् । यसअघि १५ हब अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ वटा नीजि मेडिकल कलेजहरुले सञ्चालन अनुमति पाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४ हजार ९ सय १ जना अहिले क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९५ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् । नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना उपचारपछि घर फर्किएका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com