विरामीको गोपनीयता राखिदिन स्वास्थ्य मन्त्रालयको आग्रह


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिभिन्न जिल्लामा गरिएको र्यापिड डाइनोष्टिक टेष्टमा केहीको रिपोर्ट पोजिटिभ आएको जनाएको छ । यस्तै मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित सनसिटी कोलोनीमा दुई संक्रमितसंगै आशंका गरिएको वुहारीको भने रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।
मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले सनसिटी कोलेनीमा आज -यापिड टेष्टमार्फत २९८ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

उहाँले बिभिन्न जिल्लामा गरिएको र्यापिड टेष्टमा केहीको रिपोर्ट पोजेटिभ आएको जानकारी दिदै पीसीआर प्रविधिबाट उनीहरुको रिपोर्ट आउने बाँकी रहेको बताउनुभयो । प्रवक्ता देवकोटाले अहिले मुलुकका १४ जिल्ला छोडेर सबैमा र्यापिड टेष्ट भइरहेको बताउदै हालसम्म बाँकी १४ जिल्लामा पनि चाँडै सुरु हुने बताउनुभयो ।

पीसीआर प्रविधिबाट हालसम्म ६ हजार ८ सय ७१ र -यापिड टेष्टबाट ८ हजार ९ सय २९ गरी कुल १५ हजार ८ सय परीक्षण सम्पन्न भइसकेको जनाउदै प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४ जनाको परीक्षण भएको बताउनुभयो ।

प्रवक्ता देवकोटाले कोही पनि संक्रमित एवं आशंकितको नाम र ठेगाना उल्लेख नगरिदिन आग्रह गर्दै विरामीको वैयक्तिक अधिकारको संरक्षण गरिदिन समेत आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com