आइसोलेसनवार्डबाट १९ वर्षीया युवतीको भनाइ : म सञ्चै छु, तपाईलाई कस्तो छ ?


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

बलेवा, ३ वैशाख अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएकी उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ नेपालकै पाँचौँ सङ्क्रमित हुनुहुन्छ आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ ।

बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ । चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्यवस्था छ । गत चैत १५ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएकी उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ नेपालकै पाँचौँ सङ्क्रमित हुनुहुन्छ ।

“बिहान उठेर रुममा राखिदिएको खाजा र चियासँग खाएँ, निको हुँदै छु । “म सञ्चै छु, बरु तपाईँहरुलाई कस्तो छ”, यी युवती भन्नुहुन्छ, “अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला ”

झण्डै दुईसाता पुग्न लागेको आइसोलेसन बसाईँबारे जिज्ञासा राख्दा युवतीले भन्नुभयो, “पछिल्लोपटक जाँच्न लगेको रिपोर्ट आएको छैन, हेरौँ के हुन्छ ।” स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको उहाँहरु दुवैको परीक्षण रिपोर्ट भने पोजेटिभ नै आएको अस्पताल बताउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत चैत २० गते कोरोना सङ्क्रमणको पुष्टि भएकी बानपा–३ गौडाकोटकी ६५ वर्षीया महिलाको दैनिकी पनि यसरी नै बित्ने गर्छ । उहाँले पनि एउटै जवाफ दिनुभयो, “रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु कि १ अरु त केही समस्या आएको छैन, खाजा–खाना ल्याइदिनुहुन्छ, खाएकी छु । आत्तिएकी छैन ।” उहाँ नेपालकै छैटौँ सङ्क्रमित महिला हुनुहुन्छ ।

सङ्क्रमित दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरु आफँैमा पनि दह्रो आत्मबलका साथ आइसोलेसनमा बसेको अस्पतालका डा पोखरेलले बताउनुभयो । “हामीले दिएको खानुभएको छ, समस्या केही छैन”, उहाँले भन्नुभयो “आमाको बेला–बेलामा रक्तचाप बढ्ने गरेको छ तर कोरोनासँग सम्बन्धित ‘सिमटम’ केही पनि छैन ।”

खाना, पानी र औषधि उपचारमा उनीहरुको कुनै गुनासो छैन । एक्लोपनको महसुस हुन नदिन उहाँहरुलाई मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेल भन्नुहुन्छ, “प्रक्रियागत हिसाबले नै उनीहरुलाई अस्पतालले नतिजाको विषयमा जानकारी गराउँछ ।” चिकित्सकका अनुसार अब स्वाब लिने बेलामा मात्रै उनीहरुलाई पहिलो रिपोर्टको नतिजा जानकारी गराइने छ ।

चिकित्सकले बेलाबेलामा फोनमार्फत स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने गरेको पोखरेलले बताउनुभयो । “समयमा खाना र सोधपुछ हुन्छ, अरु बेला पनि केही खान मन लाग्ला भनेर बिस्कुट उहाँहरु भएकै ठाउँमा व्यवस्था गरिएको छ”, डा पोखरेल भन्नुहुन्छ ।

उहाँहरुले खानामा आवश्यकताअनुसार शाकाहारी र मासु अण्डाको परिकारसमेत खाने गरेका छन् । आइसोलेसनमा रहेका दुवै जनाको हेरचाह र औषधोपचारका लागि अस्पतालले पालैपालो अस्पतालका ३० नर्स र चिकित्सक खटाउने गरेको छ । सबै चिकित्सक बिरामीको नजिक पुग्दा उहाँहरुमा सन्तुष्टि हुने गरेको अनुभूति चिकित्सकहरु बताउँछन् ।

“उपचाररत बिरामीको अवस्था स्थिर छ, नयाँ केही भेटिएको छैन”, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भन्नुहुन्छ, “बागलुङमा आत्तिनुपर्ने अवस्था छैन, ढुक्क हुन भने मिल्दैन ।”

बागलुङ नगरपालिकामा दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले थप सतकर्ता अपनाउँदै लकडाउनको पालना गर्न नगरवासीमा अनुरोध गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com