चार दिनका लागि वीरगंजमा अधोषित ‘कफ्यु’ औषधि पसल खुल्ने


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

तीन जनामा कोभिड-१९ पोजेटिभ देखिँदापछि आज देखी चार दिनका लागि वीरगंज सिल गरिएकाे छ । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएकाे जानकारी दिनुभयाे । वीरगंजलाई सिलभन्दा पनि अधोषित ‘कफ्यु’नै गरिएकाे मेयर सरावगीकाे भनाई छ ।

महानगरपालिका भित्र औषधी पसलबाहेकका सबै थोक बन्द(शिल) गर्ने मेयर सरावगीले बताउनुभयाे । लकडाउनको समयमा खाेलिरहेका खाधान्न लगायतका पसलहरु अब बन्द हुने पनि उहाँले जानकारी दिनुभयाे । मेयर सरावगीले ४ दिनसम्म घरमा रहेको खाधान्न बाहेक महानगरपालि भित्रका नागरिकले हरियो साग सब्जी लिन समेत लिन बाहिर निस्कन नपाउँने बताउनुभयाे ।

विपन्न तथा गरिव परिवालाई अतिनै आवश्यक परे जानकारीको आधारमा उनीहरूको घरमै खाधान्न महानगर पुर्याउने पनि उहाँले बताउनुभयाे । कोही कसैलाई औषधी लिनुपर्दा समेत प्रहरी प्रशासनसँग समन्वय गरी मात्र बाहिर निस्कन पाउने मेयर सरावगीले जानकारी दिनुभयाे ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com