भारतको मुम्बईमा बस्दै आएका नेपालीको परिवारमा कोरोना भाइरस संक्रमण फैलिएको छ । एकै पसरवारका ८ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै भारतमा रहेका नेपालीमध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएको नेपाली परिवारमा उक्त संक्रमण देखिएको हो । अछाम घर भएर हाल मुम्बईमा रहेको सो परिवारका २ दाजुभाइ, उनीहरूका श्रीमती र ४ बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । उनीहरु केहीको मुम्बईकै कस्तुरवा अस्पतालमा उपचार भइरहेको छ भने केही आइसोलेसनमा रहेका छन् । यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।