गैरआवासीय नेपाली संघद्वारा सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार

गैरआवासीय नेपाली संघ(एनआरएनए) ले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई प्रदान गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण(पिपिई) शुक्रबार प्रदान गरिएको हो ।ती सामग्री नेपाल सरकारमार्फत एक हप्ताभित्रमा देशका विभिन्न स्वास्थ्य संस्थामा पुग्ने संघले जनाएकाे छ।

संघले हस्तान्तरण गरेका पिपिई मध्ये सामग्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिशुली अस्पताल नुवाकोट, धौलागिरी अञ्चल अस्पताल र पर्वत जिल्ला अस्पतालमा ५० थान पिपिई पठाइने संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

संघले प्रदान गरेको एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने छ । उक्त किटले गरेको परीक्षणको नतिजा तीन घण्टामा आउने संघले जनाएको छ । यस्तै गैरआवासीय नेपाली संघ चीनको पहलमा  ५ सय ५० वटा आईआर थर्माेमिटर, २० हजार वटा पिपिई सेट, १७ हजार ४ सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पञ्जा शनिबार काठमाडौं पुग्ने जनाकारी संघका अध्यक्ष पन्तले दिए ।

‘एक नेपाली, एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट किनेर पठाउने निर्णयबमोजिम ती सामग्री पठाएको एनआरएनए कोरियाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सञ्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो । संघको स्वास्थ्य सम्वन्धी सामग्री खरिद प्रकृया संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले संघले थप १ करोड बराबरको सामग्री यसैसाता नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको जनाए ।

कोरोना भाइरस संक्रमण भए नभएको छोटो अबधिमै रिजल्ट दिन सक्ने कोरियन किट नेपाल पठाउन समयमै प्रक्रिया पुरा गरेको भए पनि विमानस्थल अबरुद्ध हुँदा पठाउन केही समय ढिला भएको एनआरएनए दक्षिण कोरियाको अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com