अझै साइत कुर्ने कि, कोरोनाको परीक्षण बढाउने ?


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

नेपाली काँग्रेसका जिल्ला सभापतिले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् । नेपाली काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने भन्दै कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुनेगरी बढाउन माग गरेका हुन् ।

काँग्रेस जिल्ला सभापतिले देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण पीपीई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण समेत गरेका छन् । काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भारत–नेपालको सिमानामा अलपत्र परेका नेपाली र तेस्रो मुलुकमा रहेका सबैलाई नेपाल ल्याई क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

त्यस्तै कांग्रेसका तर्फबाट प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह सरकारलाई आग्रह गर्नुभएको छ ।  सरकारलाई प्रश्न गर्दै प्रवक्ता शर्माले भन्नुभयो– सरकार, अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने चीनको सफलताबाट सिक्ने कि ? कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने ? ’सरकारलाई

उहाँहरुले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सम्पूर्ण तहमा सङ्कलन गरिएको रकम ठीक ढङ्गले वितरण र उपयोग गर्नका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्रको गठन गर्नुपर्ने माग गर्नुभएको छ । यसैगरी, स्वास्थ्य उपकरण खरिदका लागि नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय खारेज गर्न माग गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काँग्रेस जिल्ला सभापतिले पार्टीका देशभरका कार्यकर्तालाई कोरोनाबारे देशभर जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com