भारतको क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ।

नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्। उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काममा रहेका उनीहरू भारतमा लकडाउनपछि पैदलै सीमा नाकासम्म आएका थिए।

कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका गणेश विकले वनवसा क्‍वारेन्टाइनमा सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपरेको बताए। ‘तुम्हारे नेपालमै हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाइ उद्धृत गरे, ‘तुम लोग आपने सरकारसे बोलो ना नेपाल जाने के लिए।’ उनीहरूको दुव्र्यहारले हैरान भएको उनले सुनाए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com