सुरक्षाको लागि उपकरण माग्ने दुई स्वास्थ्यकर्मीको जागिर नै खोसियो


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

कोरोना भाइरसको जोखिमलाई चुनौती दिदै विरामीहरुको उपचारमा खटिएका दुई स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्यको सुरक्षाको लागि उपकरण मागेपछि निलम्बनमा परेका छन् । उनीहरुलाई अस्पताल प्रशासनले निलम्बन गरेपछि अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलित बनेका छन् ।

धनुषाको जनकपुरधाम स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको ब्रम्हपुरीस्थित सिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अत्यावश्यक पीपीई र उपकरण माग गरेपछि दुई जनालाई अस्पताल प्रशाशनले निलम्बन गरेपछि बिभिन्न वार्डहरुमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु कामकाज अवरुद्ध गरेर आन्दोलित बनेका हुन् ।

अस्पतालमा पेडरेटिक वार्ड इञ्चार्ज नम्रता राणा र कम्बाइण्ड वार्डका इञ्चार्ज उदित कुमारी महतोलाई अस्पताल प्रशाशनले निलम्बर गरी कारवाही गरेपछि अस्पतालमा कार्यरत झण्डै डेढ़ दर्जन स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन ।

कारोना संक्रमितहरुको लागि आइसोलेसन सेन्टरको रुपमा समेत तोकिएको यो सिटी अस्पतालमा आफूहरु ज्यान जोखिममा हालेर काम गरेको र काम गर्दा चाहिने आवश्यक उपकरण र सामग्रीहरु माग गरेपछि यतिबेला उल्टै कारवाही गरेकोले आन्दोलनमा उत्रनु परेको भन्दै स्वास्थ्यकर्मीहरुले आक्रोश व्यक्त गरेका छन् । यता अस्पताल प्रशासनले भने दुई जना व्यक्तिले आफूहरुले काम नगर्ने भनेपछि अस्पतालले कारवाही गरेको दावी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com