कोरोना उपचारका लागि उपकरण बनाउने वैज्ञानिकको नाकमा चुम्बक अड्किए पछि………
प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार
कोरोना भाइरस सङ्क्रमणको उपचारका लागि आवश्यक उपकरण बनाउदै गर्दा अस्ट्रेलियाका एक वैज्ञानिकको नाकमा चुम्बक अड्केको छ ।
आविष्कारको परीक्षण गर्न खोज्दा वैज्ञानिकको नाकमा चुम्बकहरू अड्किएको हो । एक विशेष उपकरण बनाउने क्रममा नाकमा चुम्बकहरु अड्केपछि वैज्ञानिकलाई अस्पताल लगिएको जनाइएको छ ।
बीबीसीका अनुसार खगोल भौतिक शास्त्री डा. ड्यान्यल रिएर्डन नाम गरेका मानिसले हात अनुहार नजिक र्पुयाउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए । तर उनले सोचे जस्तो भएन ।
रिएर्डनका आविष्कारको उल्टो प्रभाव परेको छ । चुम्बक नजिकै हुँदा आवाज निकाल्न थालेपछि उनी आफू समस्यामा परेको थाहा पाएको बताइएको छ । त्यसपछि उनी हाँसेको र केही बेर काम नगरेको बीबीसीले उल्लेख गरेको छ ।
रिएर्डनले आफ्नो अनुहारमा चुम्बकहरू राख्न थाले । पहिला कानका लोतीमा त्यसपछि नाकभित्र चुम्बकका मुन्द्रा जसरी अडकिएको थियो । नाकको प्वालमा चुम्बकहरू राखेपछि रिएर्डनलाई समस्या आइलाग्यो । नाकेहाडमा चुम्बकहरू अड्किएछि उनी समस्यामा परेका थिए ।
बाँकी दुइटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउन खोज्दा पनि उक्त चुम्बक अड्किएको जनाइएको छ । अहिले उनको अस्पतालले चुम्बक हटाउने प्रयास गरिरहेको छ ।