कोरोना उपचारका लागि उपकरण बनाउने वैज्ञानिकको नाकमा चुम्बक अड्किए पछि………


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

कोरोना भाइरस सङ्क्रमणको उपचारका लागि आवश्यक उपकरण बनाउदै गर्दा अस्ट्रेलियाका एक वैज्ञानिकको नाकमा चुम्बक अड्केको छ ।

आविष्कारको परीक्षण गर्न खोज्दा वैज्ञानिकको नाकमा चुम्बकहरू अड्किएको हो । एक विशेष उपकरण बनाउने क्रममा नाकमा चुम्बकहरु अड्केपछि वैज्ञानिकलाई अस्पताल लगिएको जनाइएको छ ।

बीबीसीका अनुसार खगोल भौतिक शास्त्री डा. ड्यान्यल रिएर्डन नाम गरेका मानिसले हात अनुहार नजिक र्पुयाउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए । तर उनले सोचे जस्तो भएन ।

रिएर्डनका आविष्कारको उल्टो प्रभाव परेको छ । चुम्बक नजिकै हुँदा आवाज निकाल्न थालेपछि उनी आफू समस्यामा परेको थाहा पाएको बताइएको छ । त्यसपछि उनी हाँसेको र केही बेर काम नगरेको बीबीसीले उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिएर्डनले आफ्नो अनुहारमा चुम्बकहरू राख्न थाले । पहिला कानका लोतीमा त्यसपछि नाकभित्र चुम्बकका मुन्द्रा जसरी अडकिएको थियो । नाकको प्वालमा चुम्बकहरू राखेपछि रिएर्डनलाई समस्या आइलाग्यो । नाकेहाडमा चुम्बकहरू अड्किएछि उनी समस्यामा परेका थिए ।

बाँकी दुइटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउन खोज्दा पनि उक्त चुम्बक  अड्किएको जनाइएको छ । अहिले उनको अस्पतालले चुम्बक हटाउने प्रयास गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com