गाउँ प्रवेशमा निषेध !


प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार

डडेल्धुरा, अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् ।

भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताउनुभयो । अमरगढी नगरपालिका २ र ३ महाभारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन् ।
राउटे बस्तीमा मास्क र साबुन

परशुरामनगरपालिका – ४ रजौडामा बसोबास गर्ने लोपोन्मुख राउटे बस्तीमा मास्क र साबुन वितरण गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चका केन्दीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र वडा सदस्य नन्दराम राउटेको उपस्थितिमा मास्क र साबुनवितरण गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com