कोभिड १९ : नेपालमा संक्रमितको संख्या तीन पुग्यो,आशङ्कामा ११ जना आइसोलेशनमा


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि नभएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताउनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको आइसोलेशनमा राखेर उपचार भइरहेको र उनको अवस्था सामान्य छ भने थप एकजनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । टेकुमा रहेको प्रयोगशालामा परीक्षणका क्रममा विदेशबाट आएका थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

ती व्यक्तीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

टेकु अस्पतालमा उनीसहित अरु पाँच जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा र एक जनाको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ । तर ती युवती बाहेक अरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन । उनको पनि अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।

गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई गएको आइतबार रातिदेखि अस्पतालमा डाक्टरको निगरानीमा राखेर उपचार थालिएको हो ।

यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर केही दिन उपचार गरेपछि उनी निको भएका र अहिले सामान्य अवस्थामा रहेका पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा मङ्गलबार बेलुकीसम्ममा ६ सय १० जनाको परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण भएको र अरु ६ सय आठ जनालाई भने मौसमी रुघाखोकी लागेको पाइएको मन्त्रालयले जनाएको हो । अहिले मौसमी रुघाखोकी लाग्ने समय भएकाले रुघाखोकी लाग्दैमा नआत्तिन तर सावधानी भने अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् ।

यसैबीच कोरोनाको बारेमा जानकारी लिनु परेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा सम्पर्क गर्न सकिने सरकारले जनाएको छ । १११५ मा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म फोन गर्न सकिनेछ ।

कोरोनाका लक्षण

उच्च ज्वरो आउनु, खोकी लाग्नु र सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । कोरोनाबाट बच्न ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफुलाई ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढै बस्नुपर्छ । साथै मास्क  अनिवार्य लगाउने, खोक्दा वा हाच्छँयु गर्दा टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपर बिर्को भएको फोहोर फाल्ने भाँडोमा फाल्नुपर्छ ।

यस्तै साबुन पानीले बारम्बार हात धुने, भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, प्रभावित देशबाट आएका व्यक्तिमा कोरोनाको लक्षण देखिए स्वास्थ्य केन्द्रमा तुरुन्त सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यस्तै विदेशबाट आएकाहरुलाई घरमै बस्दा पनि परिवारका सदस्यबाट १४ दिन छु्ट्टै बस्न मन्त्रालयले अनुरोध गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com