न्युजर्सीका कैयन स्थानमा कर्फयु आदेश


प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार

न्युजर्सीका कैयन स्थानमा कर्फयु आदेश जारी गरिएको छ । न्युजर्सीको जर्सीसिटीका ठूला रात्रीक्लबहरुमा कर्फयु आदेश जारी गरिएको जर्सी सिटीका मेयर स्टीभ फुलोपले घोषणा गरेका छन् ।

कोरोना संक्रमणबिरुद्ध लड्न त्यस्तो आदेश जारी गरिएको हो । १ हजारजनासम्म ग्राहकलाई सेवादिनसक्ने रात्रीक्लबहरुमा यस्तो कर्फयु जारी गरिएको हो । तर कर्फयुको प्रकृति कस्तो हुने भन्नेबारे मेयरले केही बताएका छैनन् ।

फुलोपले यसबाट रेष्टुरेण्टहरुभने प्रभावित नहुने बताएका छन् । न्युजर्सी राज्यमा कोरोनाको संक्रमण फैलिएपनि जर्सी सिटीमा भने अहिलेसम्म कोरोना संक्रमण पुष्टी भएको छैन ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा १० दिनको अन्तरालमा १२६४ मा कोरोना संक्रमण, ४४ राज्यमा फैलियो

अमेरिकामा १० दिनको अन्तरलामा १२६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने अहिलेसम्म संक्रमितको संख्या १३६४ पुगेको छ । मार्च २ सम्म अमेरिकामा कोरोना संक्रमितको संख्या जम्मा १ सय रहेको थियो ।

मंगलबारदेखि अमेरिकामा कोरोना संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको छ । मंगलबारमात्र २९० जना कोरोना संक्रमणका बिरामी थपिएका थिए भने बुधबार ३०७ जना कोरोना संक्रमणका बिरामी थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये १५ जनाकोमात्र सफल उपचार गरिएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ । १३०१ जना संक्रमितको अवस्था सामान्य रहेको छ भने १० जनाको अवस्था चिन्ताजनक रहेको छ ।

विहिबारसम्म अमेरिकाका ४४ राज्यमा कोरोनाको संक्रमण फैलिसकेको छ । वासिंटन राज्यमा ३७३ जनामा संक्रमण भएको छ भने न्युयोर्कमा २२८ जनामा संक्रमण भएको छ । क्यालिफोर्नियामा पनि २०१ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

अहिलेसम्म अलाबामा, अलास्का, आइदाहो, मेन, मोन्टाना र वेष्ट भर्जिनियाबाहेक सबै राज्यमा कोरोनाको संक्रमण देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com