न्युयोर्कको ज्याक्सनहाइटको भारतीय गहनापसलमा कामदारमाथि दुब्र्यवहार भएको भन्दै प्रदर्शन


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको भारतीय गहना पसलमा कामदारमाथि दुब्र्यहार भएको भन्दै प्रदर्शन गरिएको छ । सोनाचाँदी नामको गहना पसलमा कामदारमाथि दुब्र्यबहार भएको भन्दै प्रदर्शन गरिएको हो ।

डेसिस राइजिङ अप एण्ड मुभिङ ड्रमले आयोजना गरेको विरोध प्रदर्शनमा एकसयभन्दा धेरैको सहभागिता रहेको थियो । उक्त गहना पसलमा काम गर्ने नर्गिस नामकी महिलालाई दैनिक १० घण्टा काम लगाएर ५० देखि ७५ डलरमात्र तलब दिइएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त गहना पसलका मालिक दिलिप मलानीले आफ्नी बुढी र बिरामी आमाको समेत हेरचाह गर्न लगाएको र त्यसबापत कुनै रकम नदिएको नर्गिसको आरोप छ । मालिकले हरेक दिन मौखिक रुपमा दुब्र्यबहार गर्ने र यौनिक रुपमा समेत छेडछाड गर्ने गरेको नर्गिसको आरोप छ ।

त्यसको विरोध गर्दा उनलाई कामबाट निकालिएको नर्गिसले बताइन् । मलानीले नर्गिसलाईमात्र होइन त्यहाँ काम गर्ने अन्य महिला कामदारलाई समेत दुब्र्यबहार गर्ने गरेको आरोप लगाइएको छ । पसलको मालिक दिलिप मलानीले पदर्शन भइरहँदा स्टोरभित्रबाट रिसाएर हेरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com