कोरोनाभाइरसका प्रथम नेपाली बिरामी भन्छन्, ‘डाक्टरहरू डराए, त्यही भएर घरमै उपचार गरेँ’


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको अवस्था छ।

मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि नेपाल समाचारपत्रले बिरामीलाई नै भेटेर कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ।’

बिरामीका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे। सामान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए।

‘ल्याब परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकू अस्पतालको विशेष कक्षमै भर्ना गरियो। ‘तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छोडें। अस्पताल छोडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो। अस्पताल पुग्दा कोरोना भाइरस भएको अर्थात पोजेटिभ रिपोर्ट आएछ, यो सुनेर म आत्तिएँ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालले अब एक्लै अस्पतालको छुट्टै कोठामा बसेर उपचार गराउनुपर्छ भन्ने जानकारी गरायो। मेरा लागि अस्पतालमा बस्नु भनेको जेल जीवन बिताएजत्तिकै कठिन थियो।’

उनले अस्पताल छोडे। अस्पताल प्रशासनले पनि लाचारी देखायो, उनले डाक्टरहरू स्वयं पनि रोगसँग डराएको पाएँ र आफ्नै जोखिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै घर फर्कें। अस्पतालले पनि कोरोना भाइरसको औषधी दिन नसक्ने उनले बुझेका थिए। ‘माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफैले गरेँ’ –उनले नेपाल समाचारपत्रलाई बताए।

एक सातापछि उनी फेरि परीक्षणका लागि अस्पताल पुगे। बिरामीले भने– ‘मेरो -यालको पुनः परीक्षण गरियो, रिपोर्ट नेगेटिभ आयो। अस्पतालले अझै क्वारेनटाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।’

बिरामीका अनुसार, उनी घरमा छुट्टै कोठा र शौचालय प्रयोग गर्थे, उनलाई सघाउने परिवारका सदस्यसँग पनि आमुन्ने–सामुन्ने र निकट भएर बस्दैनथे। सरसफाइ र संक्रमणमा कडाइका साथ ध्यान दिएका कारण उनी त निको भए नै, अरूलाई पनि रोग सारेनन्।

उनी अस्पतालमा भर्ना भएकै समयमा आफ्ना कागजपत्र बोकेर अस्पतालले डिस्चार्ज नै नगर्दै अस्पतालबाट बाहिरिएका र मोबाइल नम्बरका आधारमा पुनः उनलाई अस्पताल बोलाई राखिएको अस्पताल स्रोतले जनाएको छ। यो अवधिमा ती युवाले क–कसलाई भेटे, कहाँ बसे, कति व्यक्तिको सम्पर्कमा गए भन्ने कुराको नेपाल सरकारसँग कुनै जानकारी छैन।

आजको नेपाल समाचार पत्रमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com