५ मंसिर २०८३, शनिबार| Saturday, November 21, 2026
शोक सन्देश

फोक्सो फेरेपछि अंगदान अभियानमा सकृय प्राशाको बार्षिक पुण्यतीथिमा न्युयोर्कमा श्रद्धाञ्जली

प्राशाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका मातापिता ।

फोक्सो फेरेपछि अंगदान अभियानमा सकृय प्राशाको निधन भएको बार्षिक पुण्यतीथिमा आज श्रद्धाञ्जली दिइएको छ । प्राशाप्रति श्रद्धाञ्जली व्यक्त गर्न न्युयोर्कमा बार्षिक पुण्यतीथिका अवशरमा गरिएको कार्यक्रममा न्युयोर्कका नेपालीहरु उपस्थीत भएका थिए ।

आज  न्युयोर्क उडसाइडमा रहेको सुम्निमा किचनमा बार्षिक पुण्यतीथिका अवशरमा कार्यक्रम गरिएको हो ।

 

बिरामी हुनु अगाडि प्राशा तुलाधर

सन् २०१६ को फरबरी ९ मा न्युयोर्कमा फोक्सो फेरेर पुनर्जीवन प्राप्त गरेकी प्राशाको गतबर्ष निधन भएको थियो । फोक्सोमा इन्फेक्सन भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा उनको फोक्सो र मृगौलाले समेत काम गर्न छाडेको थियो ।

सन् २०१६ को फरबरीमा फोक्सो प्रत्यारोपणपछि तीनमहिना उपचार गरेर घर फर्किएकी प्राशा त्यसपछि अंगदान अभियानमा सकृय भएकी थिइन् । अंगदान र स्क्लेरोडोर्मा रोगका बारेमा जनचेतना जगाउने क्रममा प्राशा सन् २०१८ मा न्युयोर्क राज्यका सांसदहरुलाई भेट्न उनका पतिसहित क्यापिटल हिल समेत पुगेकी थिइन् ।

प्राशाको उपचारका लागि अमेरिकामा रहेको नेपाली समुदायले ठूलो सहयोग गरेको थियो । तर उनलाई दुईबर्षभन्दा धेरै बचाउन भने सकिएन ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →