गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

दुई महिनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । नियमित कार्य अन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा गत कात्तिक १२ गतेदेखि नहरमा पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो ।

गत मङ्सिर ३० गतेदेखि नहरमा पानी आएपछि पुसको पहिलो सातादेखि केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिए । केन्द्रमा हाल दैनिक करिव तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको अवस्था छ । पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा वर्षौंदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरुपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेशिनरीका सामान पुरानो भएपछि तीनमध्ये दुई वटा टर्वाइन बिग्रिएर पूर्णरुपमा थन्किएका छन् भने एउटा मात्रै (२ नं) टर्वाइन सञ्चालनमा रहेको छ । मर्मतसम्भार नहुँदा करिब १० देखि १२ वर्ष अघिबाट थन्किएका टर्वाइन नं १ र वर्ष अघिबाट टर्वाइन नं ३ वर्षैदेखि बिग्रेको अवस्थामा छ । हाल सञ्चालनमा रहेको २ नं टर्वाइनसमेत जीर्ण अवस्थामा रहेको छ । सञ्चालनमा रहेका एउटा टर्वाइनसमेत पुराना उपकरण र मेसिनरीका कारण लक्ष्य अनुसार विद्युत् उत्पादन गर्न सकेको छैन ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौता अनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग नीहित छ । केन्द्रमा रहेको मेशिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमता अनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।केन्द्रमा एउटा टर्वाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक हुन्छ । यद्यपि आवश्यकता अनुसार पानी आए पनि र नहरमा राम्रा उपकरण नहुँदा अहिले सञ्चालनमा रहेको एउटा टर्वाइनबाट समेत पूर्णरुपमा उत्पादन हुन नसकेको हो । करिब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकांश उपकरण पुराना रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्द्रलाई पूर्ण क्षमता अनुसार सञ्चालनमा ल्याउन बृहत् मर्मतसम्भार योजना आवश्यक रहेको बताइएको छ । पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमता अनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करिब एक अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रले जनाएको छ । सो केन्द्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेको यसअगावै बताउँदै आएका छन् ।

उक्त केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयातनिर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ केभीका बिजुली परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । उक्त विद्युतगृह सन् १९७९ बाट सञ्चालनमा आएको थियो । सम्झौता अनुसार पावर हाउस सन् १९८१ मा भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवन र संरचना तथा मेसिनरी उपकरण जीर्ण भइसकेका छन् । केन्द्रमा हाल स्थायी र ज्यालादारी गरी करिब ५० कर्मचारी कार्यरत छन् ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com