वडाध्यक्षले नै गरे गाउँपालिकाको कार्यालयमा तालाबन्दी


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो ।

विकास निर्माणका योजनामा काखापाखा गर्दै अधिकांश गतिविधि नियमविपरीत गरिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंह, वडा नम्बर ४ का अध्यक्ष हेमनारायण साह र वडा नम्बर ६ का वडाध्यक्ष कमलदेव यादवको नेतृत्वमा कार्यालयमा तालाबन्दी भएको हो ।

गाउँपालिकाले नियमविपरीत काम गरेको र पूर्वाग्रही ढङ्गले योजनाको बाँडफाँट गरेको विषयमा गाउँपालिका अध्यक्ष परमानन्द यादवलाई पटकपटक लिखित आग्रह गर्दासमेत वास्ता नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाध्यक्ष सिंहले बताए ।

आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ को आयव्याय सार्वजनिक गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् । गत पुस २ गते बुझाइएको ज्ञापनपत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकका सम्बन्धमा समयमा जानकारी नदिएको, बैठकको निर्णय सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको आरोप लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभिन्न चरणमा आयव्यय विवरण पास गर्नुपर्ने भए पनि नियमविपरीत आफूखुशी गरेको, कर्मचारीको तलबभत्ता वितरणमा विभेद गरेको, जथाभावी औषधि खरिद गरी हिनामिना गरेको, विकास निर्माणका काम गर्दा वडाध्यक्षलगायतका स्थानीय जनप्रतिनिधिसमेतलाई जानकारी नदिई आफूखुशी समिति गठन गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि गत मङ्सिर २९ गतेदेखि डाकनेश्वरी नगरपालिकाको कार्यालयमा युवाले तालाबन्दी गरी विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै युवाले भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राखेका छन् । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com