अमेरिकी अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिमा ब्लेयर नियुक्त


प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिका रूपमा रोबर्ट ब्लेयरलाई नियुक्त गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

सोमबारको निर्णयअनुसार ब्लेयरलाई अमेरिकी फाइभ–जीको बजार बिस्तार प्रयासमा सहयोगका लागि उहाँलाई प्रतिनिधि तोकिएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ब्लेयरले राष्ट्रपतिको सहयोगी तथा ह्वाइट हाउसका कर्मचारी प्रमुखको वरिष्ठ सल्लाहाकारका रूपमा सम्हाल्दै आएको जिम्मेवारीलाई पनि निरन्तरता दिनुहुनेछ, विज्ञप्तिमा भनिएको छ ।

ब्लेयरले अमेरिका राष्ट्रपतिको कार्यालयको कर्मचारी प्रमुखका वरिष्ठ सल्लाहाकारको हैसियतमा राष्ट्रपति ट्रम्पमाथि यूक्रेनसँगको सम्बन्धका बिषयमा अमेरिकी कङ्ग्रेसको तल्लो सभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मा राष्ट्रपतिमाथिको महाअभियोग प्रस्ताबका लागि लगाइएको आरोपबारे सशक्त प्रतिवाद गर्नुभएको थियो । उहाँले आरोपबारे अनुसन्धानकर्ताहरूलाई ट्रम्पको तर्फबाट जवाफ पेश गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइट हाउसमा नियुक्त हुनभन्दा पहिले उहाँले रक्षा कार्यक्रम अन्तर्गत व्यवस्थापन तथा बजेट उपनिर्देशकका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ अन्तर्गत विनियोजन समितिको कर्मचारीका रूपमा एक दशकभन्दा बढी काम गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com