सीमा पोष्ट थप सम्बन्धमा गृहमन्त्रीसँग छलफल गरिने


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सीमा पोष्ट थप गर्ने, सीमा सुरक्षा, अपराध नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने आश्वासनका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले गृहमन्त्री रामबहादुर थापाले २०७५ जेठ २७ गते सदनमा सीमा पोष्ट थप गर्ने, सीमा सुरक्षा, अपराध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका थिए । सभाको बैठक नबस्ने दिन पारेर मन्त्री थापालाई समिति बैठकमा बोलाई छलफल गरिने समितिका सभापति रामनारायण बिडारीले बताए ।

भूकम्पले भत्किएका सिंहदरबार, बबरमहल जस्ता पुरातात्विक महत्वका भवन साढे चार वर्षदेखि अलपत्र रहेकाले के भएको हो भन्ने विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजै पठाएको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन अध्ययन गर्ने जिम्मेवारी सरकारी आश्वासन उपसमितिलाई दिइएको पनि उनले जानकारी गराए । बैठकमा सांसद राधेश्याम अधिकारीले भूकम्पले भत्किएर पुनःनिर्माण गर्नुपर्ने ३१ सांस्कृतिक सम्पदा अलपत्र परेको विषय यसअघि प्राधिकरणले गरेको प्रतिबद्धता विपरीत भएकाले के भएको हो भनी सोधखोज गरिनुपर्ने बताए । प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने क्रममा पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय भवन जीर्ण भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गरिनुपर्नेमा उनले जोड दिए । यस्तो अवस्थाले नेपाल भ्रमण वर्षलाई समेत असर गर्ने उनको भनाइ थियो ।

वार्षिक तीन लाखभन्दा बढी पर्यटक जाने स्थलमा भित्रभित्र पानी रसाएर सङ्ग्रहालय भत्कने अवस्थामा पुगेकाले छिटो निर्माण गर्नुपर्ने सांसद अधिकारीको भनाइ थियो । सांसद बलराम बाँस्कोटाले सरकारले दिएका आश्वासन प्रदेशस्तरमा स्थलगत भ्रमणका क्रममा जाँदा पूरा नभएको देखिएकाले सभाले प्रदेश र सङ्घ सरकारकाबीच समन्वय गर्नुपर्ने मत राखे । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका विषयमा पनि सरकारले दिएको आश्वासन गफमै सीमित भएको उनको भनाइ थियो । सांसद विन्दादेवी आले (राना) ले सरकारले तीन वर्षअघि नै सक्ने प्रतिबद्धता जनाएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल किन सकिएन भनी सम्बन्धित निकायलाई बोलाएर छलफल गर्न माग गरे । बैठकमा सांसदद्वय नैनकला ओझा र नरपति लुवारले सरकारले आश्वासन दिने तर समयमा पूरा नहुने क्रम रोक्न आवश्यक निर्देशन दिनुपर्ने बताएका थिए ।

बैठकमा समिति सचिव सुदर्शन खड्काले चालु आर्थिक वर्षमा समितिले सञ्चालन गर्ने कार्ययोजनाका बुँदा प्रस्तुत गरेका थिए । ती बुँदालाई बैठकले संशोधनसहित पारित गरेको छ । त्यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कानूनका विषयमा गहन अध्ययन गरिने, सरकारले दिएका आश्वासन पूरा भएरनभएका बारेमा स्थलगत अनुगमन गर्ने लगायत कार्यक्रम छन् । -रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com