न्युयोर्कमा बिहिबार र शुक्रबार व्यापक सुरक्षा कारवाही, एमएस १३ गिरोहका सय पक्राउ


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

न्युयोर्कमा बिहिबार र शुक्रबारको व्यापक सुरक्षा कारवाहीमा कुख्यात एमएस १३ गिरोहका झण्डै १ सय पक्राउ परेका छन् । न्युयोर्कको इतिहासमा एमएस १३ बिरुद्धको यो सबैभन्दा ठूलो कारवाही भएको बताइएको छ ।

कानुन कार्यान्वयन इकाइहरुले झण्डै २ बर्ष लगाएर गरेको अनुसन्धानपछि यो कारवाही गरिएको हो । गिरोहको लामो समयदेखि पकड रहेको सफोक काउन्टीमा विशेष अनुसन्धान गरिएको थियो ।

पक्राउ परेकाहरुमध्ये ९६ जनालाई हत्याको षड्यन्त्र, लागु औषधको कारोबारदेखि हतियारबिक्रिसम्मका अभियोगहरु लगाइएको छ । पक्राउ पर्नेहरु १६ देखि ५९ बर्षभित्रका छन् भने अमेरिकी नागरिकदेखि कागजपत्रविहिनसम्म छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमएस १३ निर्मम र जंगली गिरोहका रुपमा कुख्यात छ । उनीहरुले खुँडाको प्रयोग गरेर व्यक्तिको हत्या गर्दै आएका छन् । यो गिरोहमा एल साल्भाडोर र होण्डुरसका किशोरहरुलाई आवद्ध गराइदै आएको छ ।

यो गिरोहका कैयन सदस्यहरु अमेरिकामा नै जन्मेकाहरु समेत छन् । यो गिरोहले सन् २०१६ देखि यता न्युयोर्कको लंग आइल्याण्ड, लस एन्जलस र वासिंटन डिसी लगायतका क्षेत्रमा कैयनको हत्या गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com