बुधवार साँझ पाल्पामा दुईवटा बस एक आपसमा ठोक्किदा कम्तिमा १३ जना घाइते भएका छन् । बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको लु २ ख ११७६ नम्बरको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८४२७ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।
घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ८ का २२ वर्षीय होमबहादुर बिक, ५६ वर्षीय धनबहादुर बिक, सोही गाउँपालिका–१ का ३० वर्षीय भीमबहादुर सुनार, गुल्मीकै मदाने गाउँपालिका–३ का ३३ वर्षीय तेजबहादुर सुनार, सोही स्थानका चुराबहादुर नेपाली, सोही गाउँपालिका वडा नम्वर–२ का ३१ वर्षीय रामबहादुुर बिक र सोही स्थानका २८ वर्षीय राजु बिक रहेका छन् ।
त्यस्तै बुटवल उपमहानगरपालिका–१२ का ४६ वर्षीय रामबहादुर बिक, सोही स्थानकी ४० वर्षीया जुना बिक, रुपन्देहीको खडहवा बनगाई गाउँपालिका–२ का ५० वर्षीय भिमबहादुर सुनार, तानसेन नगरपालिका ८ की ४१ वर्षीया गुनिसरा नेपाली, तानसने बगनासकाली गाउँपालिका–३ का बस चालक ३५ वर्षीय तेजबहादुर सारु र पाल्पा कै पूर्वखोला गाविस वडा नम्वर ५ का २६ वर्षीय रामु सिंजाली पनि घाइते भएका छन ।
घाइतेहरुको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।