सिट क्षमताभन्दा बढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

धादिङबाट पोखरा जाँदै गरेको बा६च ५१७५ नंको टाटा जिपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारवाही गरेको हो ।

सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त सवारीसाधनले पछाडिको भागमा पाल टाँगेर यात्रु बोकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । “उक्त जिपले मान्छे बोक्न पाउँदैन, सामान ढुवानी गर्ने मात्र हो”, उनले भने, “सवारी ऐन दर्ताविपरीत ढुवानीमा दर्ता भएको जिपले मान्छे बोकेपछि कारवाहीका लागि नियन्त्रणमा लिएका हौँ ।”

विवाहमा जाँदै गरेको जिपलाई नियन्त्रणमा लिएपछि प्रहरीले नै अर्को सवारी व्यवस्था गरेर यात्रुलाई गन्तव्यस्थलसम्म पु-याएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको ग१ख ९५५५ नंको बसलाई नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले शैक्षिक भ्रमण लैजाने क्रममा २६ जना क्षमताको सिटमा ६० जना विद्यार्थी राखेपछि बसलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दुई वटा बस खोेजेर विद्यार्थीलाई भ्रमण लैजाने व्यवस्था समेत मिलाइदिएको थियो ।

क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेकाले सवारी जाँचलाई तीव्र पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

कारको लाइसेन्सले बस चलाएपछि…
साना सवारीसाधन चलाउन अनुमतिपत्र प्राप्त गरेका एक व्यक्तिले बस चलाएपछि बस र चालकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । कार/जिप चलाउन अनुमतिपत्र प्राप्त गरेका चालकले बा४ख ९३२० नं को बस चलाएपछि जाँचका क्रममा बस र चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।

धनुषाबाट शैक्षिक भ्रमणमा हिँडेको प्रगति शिशु सदनको बा४ख ९३२० नं को विद्यालय बसमा ३९ जना विद्यार्थी सवार थिए । बुटवल, भैरहवा, पाल्पा, स्याङ्जा, पोखरा हुँदै गोरखाको मनकामना जान लागेको उक्त बसलाई नियन्त्रणमा लिएर अर्को बस खोजेर पठाइएको थियो ।

“विद्यार्थीको ज्यानै जोखिममा पारेर बस चलाउने चालकलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएका छौँ”,उनले भने, “साथै दुई हजार जरिवानासमेत गरिएको छ ।” -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com