पूर्व अर्थमन्त्री पौडेलले गरे निर्माणाधीन आयोजनाको निरीक्षण


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले शुक्रबार कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूट लगायत बुटवलका विभिन्न निर्माणाधीन आयोजनाहरुको निरीक्षण गरेका छन् ।

स्थलगत रुपमै निरीक्षणका क्रममा उनले सम्बन्धित सरोकारवालालाई निर्माणाधीन आयोजना समयमै सक्न र कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूटको व्यवस्थापकीय क्षमता बढाएर अझै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी अघि बढ्न आग्रह गरेका छन् ।

कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूटको अवलोकनका क्रममा पुर्व अर्थमन्त्री पौडेलले प्राज्ञिक जनशक्ति उत्पादन गर्ने यो संस्थाको व्यवस्थापकीय क्षमता बढाउनु जरुरी रहेको भन्दै यसका लागि सिटिइभिटीको नेतृत्व र शिक्षामन्त्रीसंग बसेर गृहकार्य गर्न सुझाव दिए । त्यस्तै उनले बेलबास–बेथरी सडकका साथै बुटवलका निर्माणाधीन विभिन्न सडक आयोजनाहरुको पनि अवलोकन गरेका थिए ।

बेलबास–बेथरी सडक पर्यटकीय मार्गसमेत भएकाले निर्माणलाई गति प्रदान गर्न कुनै कसर बाँकी राख्न नहुने भन्दै उनले जनप्रतिनिधिलाई विशेष भूमिका खेल्न उनले आग्रह गरे । निर्माणमा आइपर्ने बाधा अवरोध हटाउन पनि जनप्रतिनिधिले समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै पौडेलले सडक आयोजना सम्पन्न गर्न बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले सेमलार–मोतीपुर सडक पनि अवलोकन गरेका छन् । बुटवलका विभिन्न वडाका जनप्रतिनिधिसहित अवलोकनमा पुगेका पौडेलले सम्बन्धित निर्माण कम्पनीसंग आयोजना समयमै सक्ने गरी समन्वयात्मक भूमिका खेल्न आग्रह गरे ।

“जनप्रतिनिधि विकासका संवाहक हुन्, आयोजनामा भइरहेको ढिलासुस्तीबारे आवाज उठाउने र अवरोध हटाउनेतर्फ जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”–उनले भने–“यो क्षेत्रमा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कुरामा ढिलासुस्ती हुनुहुँदैन ।”

त्यस्तै पूर्व अर्थमन्त्री पौडलले अन्य सडक आयोजनाहरुका साथमा तिनाउ नदीमा निर्माणाधीन विभिन्न पुलहरुको समेत अवलोकन गरेका थिए । उनले शुक्रबारै पिसपार्कको पनि अवलोकन गरे । त्यस क्रममा उनले बुटवलको पिसपार्क पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको भन्दै यसलाई अझ व्यवस्थित रुपले विकास गर्नुपर्नेमा जोड दिए । त्यसै गरी पौडेलले बुटवल मण्डपमा निर्माणको क्रममा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पनि अवलोकन गरी आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।उनले नहरपुर मावि बुटवलको स्वर्ण महोत्सव समारोहलाई पनि शुक्रबार सम्बोधन गरे ।

त्यस क्रममा उनले शैक्षिक जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयहरुको महत्वपूर्ण योगदान रहने भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । “प्राविधिक र गुणस्तरीय शिक्षा मुलुकले खोजिरहेको छ, अव सामुदायिक विद्यालयहरु निजी विद्यालयहरुसँग प्रतिष्पर्धामा उत्रिनु जरुरी छ”–उनले भने । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरकारले गर्ने प्रयासका बारेमा आफूले पनि भूमिका खेल्ने उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com