सुनिलले हेडमार्फत दिलाएको गोल स्वर्णका लागि निर्णायक, भन्छन् – नचिताएको परिस्थितिमा गोल गरेँ


प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार

–नारायण ढुङ्गाना

भव्य समारोहका बीच काठमाडौँको दशरथ रङ्गशालामा भएको तेह्रौँँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम खेल फुटबलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा अडिएपछि दोस्रो हाफमा मिडफिल्डर सुनिल बलले हेडमार्फत दिलाएको गोल नै स्वर्ण पदकका लागि निर्णायक भयो ।

प्रतिस्पर्धात्मक जस्तै देखिएको खेलको पहिलो हाफ बराबरीमा रोकिएपछि उत्साहका साथ खेल हेर्ने प्यारापिटमा भरिभराउ नेपाली दर्शकले केही नमिठो अनुभव गरेका थिए । दर्शकको तितो अनुभूति केही क्षणमात्रै रह्यो । दोस्रो हाफको ५४ औँ मिनेटमै सुनिलले गोल फर्काएर दर्शकको मुहारमा चमक छरे । डिफेन्डर सुमन अर्यालले दिएको पासलाई सुनिलले हेडमार्फत गोल गर्न सफल भए । सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गरे । दर्शकमा थप ऊर्जा भरियो । स्वर्णपदकका लागि त्यही गौल नै निर्णायक बन्योे । राष्ट्रिय झण्डा फहराउँदै दर्शकले नेपाल…नेपाल… भनेर रङशाला गुञ्जाए । भुटानमाथि नेपालले २–१ अन्तरमा जित्दा बीचका केही अवसर भने चुकाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वर्ण दिलाउने महत्वपूर्ण गोल गरेका सुनिल चलचित्रको नायक झै बने । नचिताएको परिस्थितिमा गोल गरेको अनुभव सुनाउँदै उनले भने, “सुमन अर्यालले क्रस ग¥यो, त्यही मुभमेन्टमा म पनि टाइमिङमा पुगे, ट्राई गर्छु भनेर हानेको गोलमा परिणत भयो ।” उनले यो खुशी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिए ।

गोलगरे लगत्तै उनले जर्सी खोले । जर्सी खोल्दा पहेँलो कार्ड दिइन्छ । उनले त्यो खुशीयालीमा आफूले के गरेँ भनेर सोच्नसमेत सकेनन् । उनका अनुसार भुटानसँगको खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक नै रह्यो । खेल शुरु भएको १६ औँ मिनेटमा फरवार्ड अभिषेक रिजालले नेपालका लागि पहिलो गोल गरे । खेलको ३६ औँ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल फर्काएर खेललाई बराबरीमा प¥याए । “सेकेण्ड हाफमा स्कोरिङ बाहिर निकाल्न सक्यो, त्यसमा पनि म आफैँले गोल गर्न सक्दा अत्यन्तै खुशी छु,” सुनिलले भने ।

फाइनल पुगेपछि नेपाललाई ठूलो दबाब नभएकाले पनि नेपाली समूह एकदम एकबद्ध भएर खेल्छौँ भन्ने आत्मविश्वास उनको थियो । नभन्दै त्यस्तै भएकाले टिमवर्कले काम गरेको उनी बताउँछन् । “गोल गर्दा खुशीको सीमा नै छैन, फुटबललाई माया गरेर धेरै दर्शक आइदिनुभयो, सबैलाई धन्यवाद दिन चाहन्छु, परिवार, साथीभाइ र शुभेच्छुकले गरेर म यहाँ आइपुगेको छु ।” हर्षित हुँदै,” उनले भने ।

फुटबलमा सङ्घर्षरत सुनिलले साफमा अन्तिम र निर्णायक गोल गरेर नयाँ उचाइ प्राप्त गरे । सामाजिक सञ्जालदेखि समाचारमा सुनिलको नाम अग्रपङ्तिमै छ । सामाजिक सञ्जालबाट सुनिललाई बधाई दिनेको ओइरो नै छ । उनी योसहित दोस्रो गोल्डमेडलिस्ट खेलाडी हो । सन् २०१६ मा भारतको ग्वाँटीको खेलमा पनि उनी सहभागी थिए । त्यहाँ पनि नेपालले स्वर्ण ल्याएको थियो ।

यसपाली होमग्राण्डमा सफल हुनुमा दर्शकको हात रहेको उल्लेख गर्दै भने, “हजुरहरुले यति सहयोग गर्नुभयो कि खेलाडीलाई चाहिने शक्ति दिनुभयो, त्यही ऊर्जाले एकदम केही गर्छु र देखाउछु भन्ने लागेको थियो, दर्शकलाई स्वर्ण दिलाएरै छाड्यौँ ।”

समूहचरणको खेलमा नेपालसँग भुटान ४–० ले हारेको थियो । एउटा खेल हार्दैमा विपक्षीलाई कहिल्यै कमजोर ठान्न नहुने बताउने सुनिलले पछिल्ला तीन खेलमा भुटानले राम्रो नतिजा ल्याएर जित्दै आइरहेकाले बलियो दाबेदार भएको प्रतिक्रिया दिए । “भुटानसँग सहज जितको आशा सोचेका थिएनौँ प्रतिस्पर्धी नै लिएका थियौँ, खेल त्यस्तै भयो पनि,” सुनिलले भने ।

लिगमा तीन वर्ष थ्रीस्टार क्लबबाट खेल्नुभएको थियो सुनिल । उनी अहिले च्यासलमा आवद्ध छन् । अब लिग गेम पनि शुरु हुन लागेको छ । नयाँ क्लबमा तालिम राम्रै भइरहेकाले लिगमा राम्रो गर्ने उनको सोच छ । “नयाँ क्लबमा च्यालेन्जिङ छ, उत्कृष्ट गर्ने प्रयास गर्छु,” उनले थपे ।

नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठले स्वर्ण जितेपछि रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै टिम वर्क नै महत्वपूर्ण कुरा भएको बताए । जितको श्रेय नेपाली दर्शकलाई दिँदै उनले भने, “आजको खेलमा बलियो पक्ष घरेलु समर्थक नै हो, अनि टिमवर्कले काम ग¥यो ।” उनले पहिले जे जस्तै खेले पनि भुटानलाई बलियो प्रतिस्पर्धी कै रुपमा हेरेको बताए । कुनै पनि खेलका लागि सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

नाकमा टेप लगाएरै भएपनि मैदानमा उत्रिएका गोलकिपर विकेश कुथुले दर्शकले गरेर नै स्वर्ण जितेको उल्लेख गर्दै भने, “यो मेडल दर्शकका लागि डेडिकेट गर्न चाहन्छु ।”

आज व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिङ्गारिएको रङ्गशालामा खेल भएको थियो नेपालको जितसँगै हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रम, झाँकी तला लाखे नाच प्रस्तुत गरिएको थियो । सबै देशको झण्डा र मस्कटसहित मार्चपासमा सहभागी भएका खेलाडीहरुलाई दर्शकले हात हल्लाएर अभिवादन गरेका थिए । खेलाडीले पनि दर्शकलाई अभिभादन फर्काउन भुलेनन् । दर्शसँगै नेपाली खेलाडीले पनि नेपाल… नेपाल… भन्दै हुटिङ गर्न भ्याए । नेपाली दर्शकले भुटान… भुटान… को हुटिङसहित भुटानका खेलाडीलाई पनि सान्त्वना दिए ।

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । सन् १९८४ मा पहिलोपटक नेपालमै साग भएको थियो । सन् १९९९ मा दोस्रो र अहिले तेस्रो साग नेपालमा भयो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकुद उत्सवका रूपमा लिने गरिन्छ । यसपटकको सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलङ्काका खेलाडीले २६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो । समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फ नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com